Advertisement

धनगढी–१८ फूलबारीमा १०७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि…

Advertisement

कैलालीको फूलबारीमा एक सय ७ परिवारको जग्गा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित भएका छन्। धनगढी उपमहानगरपालिका–१८ मा एक सय ७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित बन्न पुगेका हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा २ सय ४२ बिघा २ कट्ठा १९ दशमलव ५ धुर जग्गा गुरू पुरोहित जनकराज पाण्डेयले राणा शासनको समय १९९३ सालमा लालमोहरबाट प्राप्त गरेको र २०२१ सालको नापनक्सा हुँदा छुट हुन गएको भन्दै अहिले आएर छुट जग्गा दर्ता गर्न मालपोत कार्यालय धनगढीमा निवेदन परेको हो।

काठमाडौं महानगरपालिका–३३ का प्रद्युम्न पाण्डेयको वारिस धनगढी–५ का पदमबहादुर चन्द र कल्याणराज पाण्डेयको वारिस दिलिप सापकोटाले छुट हुन गएको जग्गा दर्ता गर्न निवेदन दिएका हुन्। तर निवेदन दिएको जग्गामा भने २०३६ सालदेखि बसोवास रहेको छ। २०३६ सालमा आवास कम्पनी र त्यसपछि विभिन्न समयमा गठन भएका सुकुम्वासी आयोगले अहिले बसोवास गरिरहेका एक सय ७ परिवारलाई लालपुर्जा दिएको वडाअध्यक्ष भुवन रिजालले बताए।

अहिले वर्षौदेखि लालपुर्जासहित हकभोक गरिरहेको जग्गामा दाबी गरिएपछि स्थानीयमा त्रास बढेको अध्यक्ष रिजालले बताएका छन्। ‘यहाँ बसिरहेका मान्छेहरूले २०३६ सालमा बस्ती विकास कम्पनीबाट लालपुर्जा पाएका छन्। त्यसैगरी, विभिन्न समयमा गठन भएका सुकुम्बासी आयोगले समेत लालपुर्जा वितरण गरेकम छन्,’ उनले भने, ‘अहिले काठमाडौंका मान्छेले दाबी गरेको जग्गामा वर्षौदेखि मानिसहरूको बसोवास रहेको छ।’

प्रद्युम्न पाण्डेयको वारिस पदमबहादुर चन्द र कल्याणराज पाण्डेयको वारिस दिलिप सापकोटाले छुट जग्गा दर्ता अन्तर्गत निवेदकका नाउँमा जग्गा दर्ता गरी पाउँ भन्दै मालपोत कार्यालयमा निवेदन पेस गरेका छन्। मालपोत कार्यालयले पनि प्लट रजिष्टर, फिल्डबुक, स्थानीय तहको सिफारिस समेत संलग्न राखेर निवेदकको माग अनुसारका कित्ता जग्गाहरू दर्ता गरी दिँदा आफूसँग भएको प्रमाणसहित ३५ दिनभित्र हकदाबी गर्न बैशाख ७ गते सार्वजनिक सूचना गरेको छ।

एक सय ७ परिवारले लालपुर्जासहित भोगचलन गर्दै आएको जग्गा एकाएक ८८ वर्षपछि अर्कैले दाबी गरेपछि अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का स्थानीय सशंकित बनेका छन्। वडा कार्यालयबाट गुरू पुरोहित जनकराज पाण्डेयकै जग्गा हो भन्ने सिफारिस पूर्व अध्यक्षले गरेकाले सोही आधारमा मुद्दा लडेर जग्गामा दाबी गरिएको वडाअध्यक्ष रिजालको दाबी छ।

‘वडा नम्बर १८ मा यो जग्गा गुरू पुरोहित जनकराज पाण्डेयको हो भनेर वडा कार्यालययले सिफारिस गरेकाले समस्या भयो,’ उनले भने, ’तत्कालिन वडा अध्यक्ष मुरारी अधिकारीले दिएको सिफारिसका आधारमा अदालतबाट मुद्दा जितेर अहिले जग्गा दर्ताका लागि निवेदन दर्ता भएको हो।’ आफूहरुको नाममा लालपुर्जा भएको जमिनमा अहिले आएर अर्कैले दाबी गरेपछि त्रासको वातावरण सिर्जना भएको स्थानीयको गुनासो छ।

पूर्व वडाअध्यक्ष मुरारी अधिकारीले आफूले सिफारिस गर्दा कुनै गल्ति नभएको दाबी गरेका छन्। अधिकारीले मालपोत कार्यलयबाट बैशाख पहिलो साता सूचना सार्वजनिक हुँदा वडा कार्यालयले त्यसको जानकारी स्थानीयलाई समयमै नदिएको तर्क गरेका छन्। विभिन्न समयमा नापी भएर लालपुर्जा पाइसकेको अवस्थामा अहिले अर्कै व्यक्ति आएर जग्गा दाबी गर्न नमिल्ने वडाअध्यक्ष रिजालको तर्क छ।

सबै प्रमाण संकलन गरेर मालपोत कार्यालयमा पेस गरेपछि हाल उक्त मुद्दा तामेलीमा रहेको वडाअध्यक्ष रिजालले बताए। मालपोत कार्यालय धनगढीका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले निवेदन आएको भए पनि कारबाही अगाडि नबढेको बताए। धनगढी उपमहानगरपालिका–१८ का स्थानीय ८८ वर्षपछि जग्गामा अर्कैले हक दाबी गरेपछि चिन्तित बनेका छन्। – dineshkhabar

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज