धनगढी–१८ फूलबारीमा १०७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि…
कैलालीको फूलबारीमा एक सय ७ परिवारको जग्गा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित भएका छन्। धनगढी उपमहानगरपालिका–१८ मा एक सय ७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित बन्न पुगेका हुन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा २ सय ४२ बिघा २ कट्ठा १९ दशमलव ५ धुर जग्गा गुरू पुरोहित जनकराज पाण्डेयले राणा शासनको समय १९९३ सालमा लालमोहरबाट प्राप्त गरेको र २०२१ सालको नापनक्सा हुँदा छुट हुन गएको भन्दै अहिले आएर छुट जग्गा दर्ता गर्न मालपोत कार्यालय धनगढीमा निवेदन परेको हो।
काठमाडौं महानगरपालिका–३३ का प्रद्युम्न पाण्डेयको वारिस धनगढी–५ का पदमबहादुर चन्द र कल्याणराज पाण्डेयको वारिस दिलिप सापकोटाले छुट हुन गएको जग्गा दर्ता गर्न निवेदन दिएका हुन्। तर निवेदन दिएको जग्गामा भने २०३६ सालदेखि बसोवास रहेको छ। २०३६ सालमा आवास कम्पनी र त्यसपछि विभिन्न समयमा गठन भएका सुकुम्वासी आयोगले अहिले बसोवास ...


