Advertisement

मेवा बारे वास्तबिक भ्रम : गर्मीमा खानु हुन्छ कि हुँदैन ?

Advertisement

गर्मी मौसममा खाने बानीमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । यो मौसममा पानीयुक्त खानेकुराको सेवन गर्नु राम्रो मानिन्छ । 

हरेक मौसममा फलफूललाई ​​स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । गर्मीमा मानिसहरू खरबुजा, लिची, मेवा, सुन्तलालगायत सबै फलफूल खान रुचाउँछन् ।

तर यो मौसममा मेवा खानुलाई धेरैले हानिकारक मान्छन् । मेवा तातो प्रकृतिको हुने भएकाले गर्मीमा यसको सेवनले समस्या निम्त्याउने उनीहरूको जिकिर छ । के मेवा साँच्चै तातो हुन्छ र गर्मीमा यसलाई खानु हुँदैन?

पोषण बिद भने गर्मीमा मेवा खानु निकै फाइदाजनक रहेको बताउँछन् । यो फलमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा प्यापेन नामक इन्जाइम हुन्छ । 

हरेक मौसममा मेवा खाँदा स्वास्थ्य लाभ हुन्छ । मेवालाई तातो मान्न नसकिने र गर्मीमा यसलाई खाँदा कुनै हानि नहुने उनीहरूको भनाई छ। 

मेवा हाम्रो पेट सफा गर्न मद्दत गर्छ र शरीरमा जम्मा भएको बोसो घटाउँछ। यो फल कलेजो सफा गर्न निकै लाभदायक मानिन्छ । कब्जियतबाट पीडित व्यक्तिहरूको लागि मेवा रामवाण औषधि मानिन्छ। यसले पेटमा जम्मा भएको फोहोरलाई हटाएर कब्जियतबाट राहत दिन्छ।

जन्डिसका बिरामीका लागि मेवा निकै फाइदाजनक मानिने पोषणविद् बताउँछन् । यसमा धेरै तत्त्वहरू हुन्छन् जसले हाम्रो शरीरमा उत्पादन हुने बिलिरुबिनलाई नियन्त्रण गर्छ। यसले शरीरमा जन्डिसको जोखिम कम गर्छ। मेवा खाँदा हाम्रो पाचन शक्ति बढ्छ र पेटसँग सम्बन्धित धेरै समस्याहरू हट्छन्। 

धेरैजसो मानिसले मेवा खान सक्ने भए पनि गर्भवती महिलाले मेवा खानु हुँदैन । महिलाहरूले गर्भावस्थाको पहिलो तीन महिनामा भूलवश पनि मेवा खानु हुँदैन, अन्यथा गर्भपातको खतरा बढ्न सक्छ। यस बाहेक झाडापखाला र तीव्र एसिडिटी भएका व्यक्तिहरूले पनि मेवा खानुहुँदैन। बाँकी मानिसहरूले तनाव बिना मेवा खान सक्छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज