Advertisement

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोडारी नियुक्त

Advertisement

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारी नियुक्त हुनु भएको छ । 

प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । उहाँले संविधानको धारा १६८ (२) बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सोडारीलाई नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र १०, एकीकृत समाजवादी ४, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ गरि २७ जनाको समर्थन रहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि ९बहुमत० २७ जना आवश्यक पर्छ । यहाँ नेपाली काँग्रेस १८, नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र ११ (सभामुख सहित), नागरिक उन्मुक्ति ७, नेकपा एस ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य हुनु हुन्छ । मुख्यमन्त्री कमल बहादुर शाहले चैत्र २२ गते राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको थियो ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त प्रदेश सभा सदस्यलाई वैशाख २ गते भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरे बमोजिम नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो । 

दुवै दाबी पेशका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै उहाँले वैशाख ४ गते सोही धारा बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न पुनः आह्वान गर्नु भए बमोजिम नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्री दाबी पेश गर्नु भएको थियो । 

तत्कालीन मुख्यमन्त्री शाहले राजीनामा दिएको दुई सातापछि सुदूरपश्चिम प्रदेशले नयाँ मुख्यमन्त्रीमा सोडारीलाई पाएको हो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज