Advertisement

औषधि बिधेयक, २०८० को मस्यौदा सच्याउन माग गर्दै नेपाल फर्मास्युटिकल एसोसिएसनले स्वास्थ्य मन्त्रीमाई बुझाए ज्ञापनपत्र

Advertisement

नेपाल फर्मास्युटिकल एसोसिएसनले नेपाल कानुन आयोगद्वारा तयार गरि स्वास्थ्य मन्त्रालयमा प्रेषित गरेको औषधि बिधेयक, २०८० को मस्यौदा सम्बन्धि आफ्नो सुझावहरु उप-प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई आज ज्ञापनपत्र बुझाएका छन्। 

एसोसिएसनले शुझाव सहितकोज्ञापनपत्र मन्त्रीसहित सचिव मधुसुदन बुर्लाकोटी तथा कानुन शाखामा समेत ज्ञापनपत्र बुझाएका हुन्। 

औषधि बिधेयक, २०८० को निर्माणमा सरोकारवाला संघ संस्थाहरुको सुझाव संकलन अनुसार कार्यन्वयन नगरी ल्याउन लागिएको भन्दै संघ संस्थाले दिएका सुझाव समावेश गर्न माग गरेका हुन्।

ध्याकर्षण पत्रमा भनिएको छ ‘मानव स्वास्थ्यमा औषधि अपरिहार्य रहेको मात्र नभई स्वास्थ्य मन्त्रालयको बजेटको करिब ४० प्रतिशत भार औषधि तथा औषधिजन्य सामग्री सम्बन्धि रहने संवेदनशील तथ्य रहंदा रहँदै पैंतालिस बर्ष पछि आई रहेको औषधि बिधेयक, २०८० को निर्माणमा सरोकारवाला संघ संस्थाहरुको सुझाव संकलन अनुसार कार्यन्वयन नगरी बेवास्ता गरि निहित स्वार्थ अनुकुल हुने दफाहरु मात्र घुसाई फार्मेसी पेशालाई प्रतिगामी हुने गरि ल्याईएको सो मस्यौदा प्रति ध्यानाकर्षण गराएका छौं।’ 

मुख्य सुझावहरु 

१.औषधि ऐन, २०३५ मा फार्मेसी पेशाको विज्ञतालाई पहिचान गरि दिईएको औषधि निरीक्षक तथा औषधि विश्लेषक को कानुनी अधिकार हाल अन्य अप्राविधिक (प्रशासन का सहायक स्तरका कर्मचारी समेत) लाई दिएर पेशालाई पूर्ण रुपले प्रतिगमनमा लाईजान खोजेकोमा सोमा सुधार को आवश्यकता रहेको।

२.एक तर्फ बर्षेनी फार्मेसीका होनहार युवाजनशक्ति सरकारी रोजगारको अवसर प्राप्त नगरी विदेशिने बाध्यता रहेको र अर्को तर्फ सिमित सरकारमा कार्यरत फार्मेसी जनशक्ति क्षमताले धान्न सक्ने भन्दा बढी काम गर्न परेर थिलिएको औषधि व्यवस्था बिभाग र राष्ट्रिय औषधि प्रयोगशालाको दरबन्दी संघियता अनुरुप मिल्ने गरि प्रादेशीक शाखा कार्यालयहरु ऐनबाट नै सुनिश्चित गर्ने अवसरको सदुपयोग नगरेको।

३.औषधि व्यवस्था विभागको पुर्व निर्देशक तथा यस संस्थाको संस्थापक अध्यक्ष डा. पुरुषोत्तम नारायण सुवालज्युले नै पचास बर्ष भन्दा अघि स्थापना गरेका यस नेपाल फर्मास्युटिकल एसोसिएशन जस्तो बिशुद्द प्राविधिक संस्था लाई औषधि सल्लाहकार समितिको एक सक्रिय सदस्यको रुपमा स्थापित गराएर हालसम्म सक्रिय योगदान दिईरहेको अवस्थामा हालको नंया विधेयकले प्राबिधिक सल्लाहकार समितिको सदस्यबाट यस संस्थालाई हटाएको हुँदा कुनै अमुक व्यक्तिले संस्थाप्रतिको विद्वेष साटेर संस्थाको गरिमालाई कुल्चन खोजेको हुँदा यसलाई तुरुन्त सच्याउन हामीले जोरदार माग राखेका छौ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज