Advertisement

औषधि बिधेयक, २०८० को मस्यौदा सच्याउन माग गर्दै नेपाल फर्मास्युटिकल एसोसिएसनले स्वास्थ्य मन्त्रीमाई बुझाए ज्ञापनपत्र

Advertisement

नेपाल फर्मास्युटिकल एसोसिएसनले नेपाल कानुन आयोगद्वारा तयार गरि स्वास्थ्य मन्त्रालयमा प्रेषित गरेको औषधि बिधेयक, २०८० को मस्यौदा सम्बन्धि आफ्नो सुझावहरु उप-प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई आज ज्ञापनपत्र बुझाएका छन्। 

एसोसिएसनले शुझाव सहितकोज्ञापनपत्र मन्त्रीसहित सचिव मधुसुदन बुर्लाकोटी तथा कानुन शाखामा समेत ज्ञापनपत्र बुझाएका हुन्। 

औषधि बिधेयक, २०८० को निर्माणमा सरोकारवाला संघ संस्थाहरुको सुझाव संकलन अनुसार कार्यन्वयन नगरी ल्याउन लागिएको भन्दै संघ संस्थाले दिएका सुझाव समावेश गर्न माग गरेका हुन्।

ध्याकर्षण पत्रमा भनिएको छ ‘मानव स्वास्थ्यमा औषधि अपरिहार्य रहेको मात्र नभई स्वास्थ्य मन्त्रालयको बजेटको करिब ४० प्रतिशत भार औषधि तथा औषधिजन्य सामग्री सम्बन्धि रहने संवेदनशील तथ्य रहंदा रहँदै पैंतालिस बर्ष पछि आई रहेको औषधि बिधेयक, २०८० को निर्माणमा सरोकारवाला संघ संस्थाहरुको सुझाव संकलन अनुसार कार्यन्वयन नगरी बेवास्ता गरि निहित स्वार्थ अनुकुल हुने दफाहरु मात्र घुसाई फार्मेसी पेशालाई प्रतिगामी हुने गरि ल्याईएको सो मस्यौदा प्रति ध्यानाकर्षण गराएका छौं।’ 

मुख्य सुझावहरु 

१.औषधि ऐन, २०३५ मा फार्मेसी पेशाको विज्ञतालाई पहिचान गरि दिईएको औषधि निरीक्षक तथा औषधि विश्लेषक को कानुनी अधिकार हाल अन्य अप्राविधिक (प्रशासन का सहायक स्तरका कर्मचारी समेत) लाई दिएर पेशालाई पूर्ण रुपले प्रतिगमनमा लाईजान खोजेकोमा सोमा सुधार को आवश्यकता रहेको।

२.एक तर्फ बर्षेनी फार्मेसीका होनहार युवाजनशक्ति सरकारी रोजगारको अवसर प्राप्त नगरी विदेशिने बाध्यता रहेको र अर्को तर्फ सिमित सरकारमा कार्यरत फार्मेसी जनशक्ति क्षमताले धान्न सक्ने भन्दा बढी काम गर्न परेर थिलिएको औषधि व्यवस्था बिभाग र राष्ट्रिय औषधि प्रयोगशालाको दरबन्दी संघियता अनुरुप मिल्ने गरि प्रादेशीक शाखा कार्यालयहरु ऐनबाट नै सुनिश्चित गर्ने अवसरको सदुपयोग नगरेको।

३.औषधि व्यवस्था विभागको पुर्व निर्देशक तथा यस संस्थाको संस्थापक अध्यक्ष डा. पुरुषोत्तम नारायण सुवालज्युले नै पचास बर्ष भन्दा अघि स्थापना गरेका यस नेपाल फर्मास्युटिकल एसोसिएशन जस्तो बिशुद्द प्राविधिक संस्था लाई औषधि सल्लाहकार समितिको एक सक्रिय सदस्यको रुपमा स्थापित गराएर हालसम्म सक्रिय योगदान दिईरहेको अवस्थामा हालको नंया विधेयकले प्राबिधिक सल्लाहकार समितिको सदस्यबाट यस संस्थालाई हटाएको हुँदा कुनै अमुक व्यक्तिले संस्थाप्रतिको विद्वेष साटेर संस्थाको गरिमालाई कुल्चन खोजेको हुँदा यसलाई तुरुन्त सच्याउन हामीले जोरदार माग राखेका छौ।

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो न...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ब...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौ...
बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपाल...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको ज...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज