औषधि बिधेयक, २०८० को मस्यौदा सच्याउन माग गर्दै नेपाल फर्मास्युटिकल एसोसिएसनले स्वास्थ्य मन्त्रीमाई बुझाए ज्ञापनपत्र
नेपाल फर्मास्युटिकल एसोसिएसनले नेपाल कानुन आयोगद्वारा तयार गरि स्वास्थ्य मन्त्रालयमा प्रेषित गरेको औषधि बिधेयक, २०८० को मस्यौदा सम्बन्धि आफ्नो सुझावहरु उप-प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई आज ज्ञापनपत्र बुझाएका छन्।
एसोसिएसनले शुझाव सहितकोज्ञापनपत्र मन्त्रीसहित सचिव मधुसुदन बुर्लाकोटी तथा कानुन शाखामा समेत ज्ञापनपत्र बुझाएका हुन्।
औषधि बिधेयक, २०८० को निर्माणमा सरोकारवाला संघ संस्थाहरुको सुझाव संकलन अनुसार कार्यन्वयन नगरी ल्याउन लागिएको भन्दै संघ संस्थाले दिएका सुझाव समावेश गर्न माग गरेका हुन्।
ध्याकर्षण पत्रमा भनिएको छ 'मानव स्वास्थ्यमा औषधि अपरिहार्य रहेको मात्र नभई स्वास्थ्य मन्त्रालयको बजेटको करिब ४० प्रतिशत भार औषधि तथा औषधिजन्य सामग्री सम्बन्धि रहने संवेदनशील तथ्य रहंदा रहँदै पैंतालिस बर्ष पछि आई रहेको औषधि बिधेयक, २०८०...




