साइनिङ्ग स्टार छैटौं खुल्ला राष्ट्रव्यापी भलिबल चैत ९ देखि, विजेतालाई १ लाख १ हजार,
कैलाली : साइनिङ्ग स्टार युवा क्लबले छैटौं संस्करणको खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । आउँदो चैत ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए । कैलालीको बर्दगोरिया गाउँपालिका–३ मा रहेको साइनिङ्ग स्टार युवा क्लबले स्थापनाकालदेखि हरेक वर्ष फागुपूर्णिमा होली पर्वका अवसरमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
वडास्थित रामजानकी मन्दिरको खेलमैदानमा प्रतियोगिता आयोजना हुने आयोजक क्लबले जनाएको छ । ‘प्रतियोगिता नहुँदा सबैले किन भएन भनेर सोध्ने गर्थे । अब जसरी भएपनि गर्नुपर्छ भनेर हामी जुटेका छौँ, आगामी दिनमा पनि हामी यसलाई निरन्तरता दिनेछौँ’ उनले भने । खेलकुदको विकासका लागि सबै एकजुट हुनपर्ने उनले बताए ।स्थानीय तथा राष्ट्रिय खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्लबले भलिबल प्रतियोगिता आयोजना गर्दै आ...

