Advertisement

केन्द्रको गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारमा उथलपुथल

Advertisement

धनगढी – पुरानो गठबन्धन भत्केर केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशमा उथलपुथल भएको छ । 

माओवादीले नयाँ गठबन्धन बनाएपछि सरकार फेरबदल हुने सम्भावना बढेको छ । केन्द्रमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीको नयाँ गठबन्धन बनेको छ । 

नयाँ गठबन्धनका कारण मुख्यमन्त्री कमलबहादुर शाह अप्ठ्यारोमा परेका छन् । तत्कालीन मुख्यमन्त्री नेकपा (एमाले) का राजेन्द्रसिंह रावलले बहुमत जुटाउन नसकेपछि प्रदेशमा ठुलो दलको नेताका हैसियतले नेपाली कांग्रेसका शाह मुख्यमन्त्री भएका थिए । उनको नेतृत्वको सरकारमा माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) समावेश छन् । शाहले गतवर्ष माघ २६ गते मन्त्रीमण्डल गठन गरेका थिए ।

केन्द्रमा नयाँ गठबन्धन बनिसकेकाले प्रदेशमा पनि त्यो गठबन्धन लागू हुने नेकपा (माओवादी केन्द्र) को दलका नेता मानबहादुर धामीले बताए । 

यद्यपि, प्रदेश सरकार फेरबदलबारे तत्काल छलफल नचले पनि केन्द्रको निर्णय कुरिरहेको उनको भनाइ छ । 

“केन्द्रमा गठबन्धनको कार्यदल बनेको छ । कार्यदलले जे निर्णय गर्छ, प्रदेशमा त्यसलाई लागु गर्न हामी प्रतिबद्ध छौँ”, उनले भने । 

नेकपा (एमाले) पनि कार्यदलकै निर्णय कुरिरहेको छ । केन्द्रमा नयाँ गठबन्धन बनिसकेकाले सुदूरपश्चिम सरकार फेरबदल हुने र नयाँ सरकार गठबन्धन दलकै निर्णय अनुसार बन्ने नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए । 

सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धन अनुसार सरकार गठन भएमा नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ । ५३ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको साथ आवश्यक पर्ने गर्दछ । 

प्रदेश सभामा नेकपा (एमाले) र माओवादी केन्द्रबाट १०÷१० जना र नागरिक उन्मुक्ति पार्टीबाट सात जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व छ । तीनै दलको सदस्य सङ्ख्या मिलाएर सरकार गठनका लागि बहुमत पुग्ने छ। 

यद्यपि, नयाँ सत्ता गठबन्धनमा रहने वा नरहने विषयमा नागरिक उन्मुक्ति पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन । माओवादी दलका नेता धामीले सुदूरपश्चिममा निर्णायक नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धनमा आउने विश्वास व्यक्त गरे ।  

नयाँ सत्ता गठबन्धन बनेसँगै प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने चर्चा र चासो बढेको छ । माओवादी र एमाले दुवै पार्टीले मुख्यमन्त्रीमा स्वाभाविक रूपमै आ–आफ्नो पार्टीको दाबी रहने बताएका छन् । 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले सञ्चार माध्यममा प्रतिक्रिया दिदैँ सुदूरपश्चिममा आफ्नो पार्टी निर्णायक रहेकाले गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीको महत्त्व रहने बताएका छन् । -गोरखापत्रबाट

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज