कोशी प्रदेश टी २० : कोशी र सुदूरपश्चिमको जित
विराटनगर - विराटनगरमा सुरू भएको कोशी प्रदेश नेशनल टी २० च्याम्पियनसिपमा घरेलु टोली र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् ।
मंगबार बैजनाथपूरको गिरिजाप्रसाद कोइराला रङशालामा सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै सुखद सुरूआत गरेको हो । पहिलो खेलमा घरेलु टोली कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।
टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १ सय ७२ रनको योगफल तयार पारेको थियो । सुदूरका लागि नरेन भट्टले अविजित ६२, किरण ठगुन्नाले अविजित ५३ रन बनाएका थिए । त्यसैगरी, ओपनर खडक बोहराले ४१ रन बनाए। गण्डकीका लागि अमृत गुरूङ र सन्दिप क्षेत्रीले समान एक विकेट लिए ।
लक्ष्य पछ्याएको गण्डकीको टोली १७ दशमलव ४ ओभरमा १ सय ३२ रनमा समेटियो । उद्घाटन खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गर्याे ।
टस जितेर ब्य...

