केएमसीमा खड्ग पछेरा मेमोरियल क्रीकेट टुनामेन्ट सम्पन्न
धनगढी - धनगढीको केएमसीमा खड्ग पछेरा मेमोरियल इन्टर फ्याकल्टी क्रीकेट टुनामेन्ट २०८० सम्पन्न भएको छ ।
कैलाली बहुमुखी क्याम्पसका पूर्व उप-प्राध्यापक स्वर्गीय खड्क पछेराको स्मृतिमा बीबीएस चौथो वर्षमा अध्ययनरत
विद्यार्थीको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
गत फागुन १४ गतेबाट सञ्चालन भएको उक्त प्रतियोगिता क्याम्पस भित्रका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुका जम्मा १२ टिमको सहभागिता रहेको थियाे ।
प्रतियोगितामा बीएसडब्लुले प्रथम स्थान ओगट्न सफल भएको छ भने बीबीएस चौथो वर्ष तथा आयोजक टिम प्रतियोगितामा दोस्रो भएको छ ।
प्रतियोगिताको प्रथम स्थान हासिल गरेको बीएसडब्लुले प्रमाणपत्रसहित नगद सात हजार प्राप्त गरेको छ भने दोस्रो स्थान हात पारेको आयोजक टिमले प्रमाणपत्रसहित नगद तीन हजार प्राप्त गरेको छ ।
प्रथम स्वर्गीय खड्ग पछेरा कप सफलता पूर्वक सम्पन्न भएको उपलक्ष्यमा सम्पूर्ण...


