
सुदिप थापा, धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले खप्तड क्षेत्र पदमार्गको आधार शिविर झिग्रानाको अनुगमन गरेका छन् ।
उनीसंगै आर्थिक मामिला मन्त्रि नरेश कुमार शाही र प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष अनुप कुमार उपाध्यायले पनि त्यस क्षेत्रको अवलोकन तथा अनुगमन गरे ।
अनुगमनका क्रममा मुख्यमन्त्री कमल बहादुर शाहले यस क्षेत्रमा प्रदेश सरकारले थप के गर्न सक्छ । यस क्षेत्रमा लगानी गर्दा कसरी अगाडी बढने विषयका लागि उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको बताए । झिग्राना क्षेत्रमा आफू न पुगेको र कैलाली र कञ्चनपुरबाट सजिलै आउन सकिने यस क्षेत्रको भम्रण तथा अवलोकनका लागि आउन हुन उनले अनुरोध गरे ।
सुदूरपश्चिमको गरिविलाई उकास्ने प्रोजक्ट भनेको कृषि र पर्यटन रहेको आर्थिक मामिला मन्त्रि नरेश कुमार शाहीले बताए । उनले खप्तडलाई पर्यटनको क्षेत्रमा जोडनको लागि प्राथमिक्ताका साथ ठोस नतिजा निकालेर योजना ल्याईने बताए ।
झिग्रानाबाट १६ किलोमिटर दूरीमा खप्तड क्षेत्र पर्दछ । खप्तड क्षेत्रमा होटलहरुको विकास गर्नु पर्ने र पैदल मार्ग निर्माण गर्नुपर्ने माग खप्तड होम स्टेका सञ्चालक दिपक बहादुर खड्काले बताए ।
खप्तड बाबाले पूर्वदेखि पश्चिमको यात्राको क्रममा यस क्षेत्रलाई अत्यन्तै उपयुक्त र धार्मिक रुपलेनै रोजेको बताइँदै आएको छ ।
धार्मिक, पर्यटकीय, प्राकृतिक रुपमानै परिचित खप्तड क्षेत्रको विकास तथा प्रदेशकै पर्यटक प्रवर्द्धन गर्नको लागि प्रदेश तथा केन्द्र सरकारले यस क्षेत्रमा पुर्वधार निर्माणमा लगानी बढाउनु पर्ने देखिएको छ ।