दार्चुला – दार्चुलाको एक पोल्ट्री फर्ममा आगलागी भएको छ ।
शुक्रबार साँझ मार्मा गाउँपालिका-२ घोप्टे बस्ने प्रकाश महरले संचालन गरेको दिपिका एण्ड अनिस पोल्ट्री फर्ममा आगलागी भएको हो ।
बिजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आगलागी हुँदा फर्म भित्र रहेका ८०० वटा कुखुराको चल्ला, बिद्युत मिटर र कुखुरा दाना लगायतका सामान गरी ४ लाखको धनमाल जलेर नष्ट भएको प्रहरी जनाएको छ ।
उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३