धनगढी – आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर, आज बेलुकादेखि फेरि पश्चिमी वायुको प्रभाव देखिने र त्यसले देशभर मौसम आंशिक बदलीदेखि छिटपुट वर्षा हुनसक्ने मौसमविद्को भनाइ छ ।
आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारण बदली हुनेछ । त्यस्तै बाँकी भूभागमा भने मौसम सफा रहने मौसमविद् सरोज पुडासैनीले बताए ।
यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक,दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा थोरै ठाउँ तथा कोशी र बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अहिले बिहानीपख तराई, मधेशमा हुस्सु लागेको भए पनि दिउँसो १२ बजेसम्ममा हटिसक्ने पनि महाशाखाले जनाएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३