Advertisement

एमाले कैलालीको अध्यक्षमा ढुंगाना विजयी

Advertisement

धनगढी – नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् ।

पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।

ढुंगानाले २८७ मत प्राप्त गर्दा पाण्डेले २१८ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । उनीहरू तीनै जना प्यानलसहित उम्मेदवारी दिएका थिए ।

यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए ।

उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।

सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाएका छन् । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन् ।

उपसचिव(खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् । भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् ।

उपसचिव (महिला) मा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन् ।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१,रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् । फागुन ६ गते सुरू भएको एमाले नवौं अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो ।

शनिबार रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज