Advertisement

धनगढीमा दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड सम्पन्न

Advertisement

धनगढी – कैलालीको धनगढीमा दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड सम्पन्न भएको छ । 

सुप ईन्टरटेनमेन्ट हाउस प्रालिद्वारा आयोजित म्युजिक अवार्ड २०८० को फाईनल कार्यक्रम शनिबार कैलाली उद्योग वाणिज्य संघ धनगढीमा रहेको शुभम होटलमा एक औपचारिक समारोहका बीच सम्पन्न भएको हो ।

सुप ईन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी रहेका थिए । 

कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा विभिन्न बिधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड बितरण गरिएको थियो । 

नेपाली लोकसंगितसँग आबद्ध बरिष्ठ तथा अनुज गायक, गायिका, सर्जक, व्यवसायी तथा सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न विधाका सर्जक, कलाकार लगायतका व्यक्तिहरु वर्षको सर्वोत्कृष्ट अवार्डद्वारा सम्मानित भएका थिए ।

लाइफ टाईम अचिभमेन्ट सम्मानबाट माधब बिष्ट कैलाश, दशक कला साहित्य सम्मानबाट लक्ष्मी प्रसाद शर्मा (एल.पि), कला सगिंत प्रेमीबाट डा.फुलराम चौधरी, कला पत्रकारिता सम्मानबाट धुर्ब ओझा, अकिंत उप्रेती, युवा समाजसेवी सम्मानबाट प्रकाश मिश्र, सामाजिक सेवा सम्मानबाट डा.निराजन दत्त शर्मा पौडेल, सुप इन्टरटेन्मेन्ट सम्मानबाट जि.भि. मुखिया, सुप इन्टरटेन्मेन्ट दशक सम्मानबाट जगदिश राना सम्मानित भएका छन् ।

यस्तै सुप इन्टरटेन्मेन्ट कलासम्मानबाट जयराम राना, सुप इन्टरटेन्मेन्ट युवा प्रतिभा सम्मानबाट मुकुन्द जि.सी., सुप इन्टरटेन्मेन्ट युवा प्रतिभा सम्मानबाट रोजी कुंवर, सुप इन्टरटेन्मेन्ट सम्मानबाट राम शिलाल, सुप इन्टरटेन्मेन्ट सम्मानबाट ज्योती सिहं, सुप इन्टरटेन्मेन्ट सम्मानबाट टकं औजी, सुप इन्टरटेन्मेन्ट सम्मानबाट तेज तिखातरी, सुप इन्टरटेन्मेन्ट सम्मानबाट केशव पन्त सम्मानित भएका छन् ।

अवार्डका विधा र विजेताहरु:

सर्बाेत्कृष्ट देउडा गीत २०८०

पशुपति खनाल अगुली बान्याको

शोभा थापा  पापी आखा फुट्टां (जुरी)

सर्बोत्कृष्ट मौलिक देउडा गायन (महिला)

रेखा जोशी,गीत : भेटपन भैगयो

निर्मला कार्की, गीत : सन्तानको माया(जुरी)

४. सर्बोत्कृष्ट देउडा गायन (पुरुष)

घ) सुधिर जैरु, गीत : नकल्या भिनाजु

ङ) शेरराम औजी, गीत :सुन्केसरी(जुरी)

५. सर्बोत्कृष्ट देउडा नव गायन (पुरुष)

ग) सुबास पार्की, गीत : पायल बजा छमछम-पब्लिक च्वाइस)

ङ) नरेन्द्र मल्ल, गीत : कठ्पत्याको ठन्डो पानी

६. सर्बोत्कृष्ट देउडा गायन (महिला)

ख) जयन्ती जाग्री गीत : को आई रानी चडा

७. सर्बोत्कृष्ट लोक देउडा गायन (पुरुष)

क) सुरेश चोखाल गीत : मेरी जसुली

ग) सागर भण्डारी (सोराडी) गीत : बस मायालु बस(जुरी)

घ) सनम परियार गीत : आउ माया धनगढीपब्लिक च्वाइस)

८. सर्बोत्कृष्ट लोक देउडा गायन (महिला)

घ) कल्पना मल्ल गीत : हासी दिन काट्नु

९. सर्बोत्कृष्ट देउडा लय

घ) नरेन्द्र कठायत गीत : आमा तिम्रो दुखी छोरा (पब्लिक च्वाइस)

ङ) दिपक अछामी गीत : का झल्किन छै दन्त

१०. सर्बोत्कृष्ट देउडा शब्द

ग) ) बिर बहादुर बोहरा गीत : चौकीको बडे

घ) कुमार मटेली गीत : मैना चडी भन्त (जुरी)

११. सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो निर्देशक

घ) बिबेक पाण्डे गीत : स्वर्गकी परी

ख) मनिश मगर गित : धड्कन (जुरी)

१२. सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो छायांकन

क) दया शकर चौधरी गीत : ए हो मोरे गोरी

ग) अनिल चौधरी गीत : हितैकी रानी (जुरी)

१३. सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक देउडा

क) सुरेन्द्र ताम्राकार गीत : पैसाका रुख छनकी

ग) जहित बुढा गीत : मुना छुटी मदन

१४. सर्बाेत्कृष्टम्युजिक भिडियो छायांकन देउडा

ग) पि.आर जोशी गीत : अमृत भए पानी मुल

घ) प्रकाश नागरीगित : चैर मुसी चैर (जुरी)

१५. सर्बोत्कृष्ट म्युजिक भिडियोदृश्य सम्पादन

ङ) भद्रजङ्ग कुवर गीत : सौराई

ख) रवी आउजी गीत : मर्न सकेको छैन (जुरी)

१६. सर्बोत्कृष्ट मोडल (पुरुष) २०८०

भूपी उपाध्याय गीत : मेरी रगीँ सुवा

ख) सुरेश बिसि, गीत : पोइ चढ्यो चिल गाडी (पब्लिक च्वाइस)

ग) रोबोट सिह बडौला गीत : जादैछु बिदेश (जुरी)

१७.सर्बोत्कृष्ट नव मोडल (पुरुष) २०८०

घ) चिरन्जीवी खडका, गीत : मातडि बजार

ङ) सागर धामी, गीत : मुटु छुरा हाणी (जुरी)

१८.सर्बोत्कृष्ट मोडल (महिला) २०८०

ग) बर्षा भण्डारा, गीत : न्याउले चडिय

उरमिला शाही, गीत : मुसुदानी (जुरी)

१९. सर्बोत्कृष्ट नव मोडल (महिला) २०८०

क) निरुता सिह, गीत : फुल्यो केसरी

कोपिला सिह, गीत : बौला झल्का(जुरी)

घ) आरती बुढा, गीत : पिजडाकी सुवा (नया प्रतिभा)

२०. सर्बोत्कृष्ट मोडल चौधरी (पुरुष) २०८०

ग) अनुराग चन्द, गीत : थरुनिको छोरी

घ) चन्दर चौधरी, गीत : धुर उराके छैली (जुरी)

२१. सर्बोत्कृष्ट मोडल चौधरी (महिला) २०८०

ख) सदिक्षा चौधरी, गीत : कमरिया हिलादे

क) रितु चौधरी, गीत : मोर सपना के राजकुमार (जुरी)

ग) नेहेल्जा चौधरी, गीत : नैना निहारे मोर रहिया (पब्लिक च्वाइस)

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलमा विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

एनपीएलमा विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई...
बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

बझाङ: आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनले बझाङमा राजनीतिक तापक्रम नि...
युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

काठमाडौं: नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वमा उकास्ने वातावरण बनेको छ । य...
एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स, विराटनगर ७७ रनले पराजित

एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स, विराटनगर ७७ रनले पराजित

काठमाण्डौमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग...
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आगामी फागुन २१ गते हुने प्...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउदको परिवारलाइ मृत्यु दाबि रकम भुक्तानि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उप...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेस कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबी भुक्तानी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ परिवपरिवारलाइ मृत्यु दाबि भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ परिवपरिवारलाइ मृत्यु दाबि भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा कम्पनि द्वारा मृत्यु दाबी भुक्तानी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले एक बीमित ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज