Advertisement

Day: २०८० फाल्गुन ८, मंगलवार २०:२८

क्यानडासँगको दोस्रो एक दिवसीयमा नेपाल ए विजयी

समाचार
धनगढी - क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल  ए २ विकेटले विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो । नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए ।  ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए । यस्तै बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो । क्यानडाका लागि श्रेयास मोभ्भाले ...
मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन, पहिलो दिन १ सय ३५ जनाले सेवा लिए

मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन, पहिलो दिन १ सय ३५ जनाले सेवा लिए

बझाङ, मुख्य समाचार, स्वास्थ्य
बझाङ : मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन भएको छ । मष्टा गाउँपालिकाको आयोजना तथा गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा पालिकाका विभिन्न स्वास्थ्यचौकिमा मोतीबिन्दु तथा आँखा सम्बन्धी समस्या भएका बिरामीहरुका लागि शिविर आयोजना गरिएको हो । आज पहिलो दिन वडा नम्बर १ को कोटदेवल स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो । उक्त शिविरमा ७६ जना महिला र ५८ जना पुरुष गरेर १ सय ३५ जनाले सेवा लिएका छन् । २३ जना मोतिबिन्दुका बिरामी भेटिएकोमा उनिहरुको अप्रेसन गरिने बताइएको छ । मष्टा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकायाको अध्यक्षतामा सञ्चालन भएको शिविरमा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियोे । विशिष्ट अतिथिमा वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम राज जोशी रहनुभएको थियोे । शिविरमा गाउँपालिकाका जनप्रतिनिध...
बझाङमा विपद पुर्व तयारी गाेष्ठी

बझाङमा विपद पुर्व तयारी गाेष्ठी

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा विपद पुर्व तयारी तथा प्रतिकार्य सम्वन्धि अभिमुखिकरण तथा गाेष्ठी सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङमा गाेष्ठी सञ्चालन भएको हाे । जिल्लामा विपदबाट वचन के कस्ता कार्यहरु गर्नु पर्छ विपद आईलागे कसरी बच्न सकिन्छ भन्ने सन्दर्भमा गाेष्ठी सञ्चालन भएको थियाे । जिल्ला प्रशासन कार्यालय बझाङकाे सभाहलमा प्रमुख जिल्ला अधिकारीकाे अध्यक्षतामा विभिन्न स्थानीय तहका प्रतिनिधिहरु सुरक्षानिकायका प्रमुख तथा प्रतिनिधिहरु सँञ्चारक्रमी पत्रकार लगायतको उपस्थिति थियाे ।विपदकाे कारण बार्षिक अाैषतमा ९०० जनाको मृत्यु हुने गरेको छ । भने १ लाख ३२ हजार घरपरिवार बार्षिक रुपमा प्रभावित हुने गरेको तथ्यांकअनुसार देख्न सकिन्छ । विश्वका १९८ मुलुक मध्य जलवायुकाे चाैथाे स्थानमा रहकाे नेपालमा विपदले बार्षिक अाैषतमा ३० हजार घरहरु क्षेति हुन्छन । २०७२ सालमा ८,९७० जनाकाे मृत्युु भएको थियाे...

धनगढीमा दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड सम्पन्न

समाचार
धनगढी - कैलालीको धनगढीमा दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड सम्पन्न भएको छ ।  सुप ईन्टरटेनमेन्ट हाउस प्रालिद्वारा आयोजित म्युजिक अवार्ड २०८० को फाईनल कार्यक्रम शनिबार कैलाली उद्योग वाणिज्य संघ धनगढीमा रहेको शुभम होटलमा एक औपचारिक समारोहका बीच सम्पन्न भएको हो । सुप ईन्टरटेनमेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी रहेका थिए ।  कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा विभिन्न बिधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड बितरण गरिएको थियो ।  नेपाली लोकसंगितसँग आबद्ध बरिष्ठ तथा अनुज गायक, गायिका, सर्जक, व्यवसायी तथा सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न ...

रासस सुदूरपश्चिमले मनायो ६३औं वार्षिकोत्सव 

समाचार
धनगढी - राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिमले ६३ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार धनगढीमा "सुशासन र समृद्धिका लागि रासस" विषयक अन्तरक्रिया कार्यक्रम गर्दै रासस सुदूरपश्चिम प्रदेशले ६३औं वार्षिकोत्सव मनाएको हो । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भिमबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको उक्त समारोहमा रासस सुदूरपश्चिम प्रदेशका अध्यक्ष सिद्धराज भट्टको अध्यक्षता रहेको थियो । समारोहमा सुदूरपश्चिम वन तथा वातावरण मन्त्री रमेश धामी, प्रदेश सभा सदस्य प्रकाश बम र कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको विशिष्ट आतिथ्यता रहेको थियो । उक्त समारोहको सञ्चालन राससकी घोडाघोडी संवाददाता इन्दु केसीले गरेकी थिइन् ।...

आजको मौसम : सुदूरपश्चिमसहित केहि स्थानमा हल्ला वर्षा

समाचार
धनगढी - हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।  जस्को प्रभावले अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।...

दोलखा केन्द्रबिन्दु भएर गयो भूकम्प

समाचार
धनगढी - दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज (मंगलवार) बिहान भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो। केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको थियो।  यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज