अछाम – ब्लड क्यान्सरबाट पीडित भएका विराज खड्कालाई उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै खड्काको परिवारले सहयोगको माग गरेको हो ।
अछामको मंगलसेन नगरपालिका ११ बस्ने विराज खड्कालाई ब्लड क्यान्सर भएर २ महिनादेखि बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत छन् । उपचारका लागि आर्थिक अभाव भएकाले संघसंस्था तथा ईच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरिएको छ ।
उपचारका लागि ६ लाखसम्म लाग्ने, ५ महिना अस्पतालमा बस्नुपर्ने र हप्ता हप्तामा किमो चढाउनु पर्ने भएको हुँदा उपचार गर्न धेरै समस्या परेको जनाइएको छ ।
उनको सहयोगका लागि माछापुच्छ्रे बैंकको खाता नम्बर १४५०९७१६७९६०००१६ मा आर्थिक रकम सहयोग गरिदिन हुन उनका आफ्न्तले आग्रह गरेका छन् । त्यस्तै ९७६८३०७६१२ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने जनाइएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३