देशमा संघीयता भएको कसैलाई मन परेको छैन : मन्त्री धामी
धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामीले संघीयता कि त कार्यान्वयन हुनुपर्ने नभए खारेज हुनुपर्ने बताउनुभएको छ ।
नेपाल उद्योग वणिज्य महासंघ, सुदुरपश्चिम प्रदेशको सातौं प्रदेश सभालाई शुक्रबार धनगढीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे ।
"देशमा संघियता लागु भएको छ तर कसैलाई मन परेको छैन । नियम संघीयता केही पनि छैन । कि संघीयता कार्यान्वयन गरौं होइन भने खारेज गरौं । यसको कार्यान्वयनको लागि सबै लागौँ।" उहाँले भन्नुभयो, "सुदूरपश्चिम प्रदेश सरकारको औद्योगिक क्षेत्र नभएको स्वीकार गर्दै केन्द्र सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रहरु पनि भद्रगोल अवस्थामा रहेका छन् । डुडेझारी, लालपुर र दैजी कसलाई औद्योगिक क्षेत्र बनाउने हो संघले टुंग्याउनुपर्ने भएकाेले तानातान भएकाे छ ।"
मन्त्री धामीले औद्योगिक क्षेत्र घोषणाको लागि घोषणा होइन कि हाम...

