Advertisement

Day: २०८० माघ २३, मंगलवार २३:१२

‘सिसिएस प्लस टु’ कपको उपाधी आयोजकलाई

समाचार
धनगढी - धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ ।  मंगलबार धनगढी रगंशालामा भएको फाइनल खेलमा अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुललाई पराजित गर्दै आयोजक ‘सिसिएस प्लस टु’ को बी टिम प्रतियोगिताको बिजेता बनेको हो ।  होलिल्याण्ड सेकेन्ड्री स्कुल लाई पेनाल्टीमा हराउँदै आयोजक प्रतियोगिताको बिजेता बनेको हो । प्रतियोगिताको निर्धारित समयमा दुइटै टिमले गोल गर्न नसकेपछि फाइनल खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा आयोजक ‘सिसिएस प्लस टु’ बी ले होलिल्याण्ड सेकेन्ड्री स्कुललाई ४–३ गोल अन्तरले पराजित गर्न सफल भयो । यस संगै प्रतियोगिताको उपाधी जित्न सफल आयोजक ‘सिसिएस प्लस टु’ बी ले ६५ हजार नगद सहित ट्रफी, मेडल प्राप्त गरेको छ भने, उप बिजेतामा चित्त बुझाएको होलिल्याण्ड सेकेन्ड्री स्कुल अत्तरियाले ३५ हजार नगद सहित ट्रफी, मेडल सहित प्रमाण...

दु:खमा सहारा बनिरहनुभएकी प्रेरणादायी महिला सावित्री

समाचार
यो पितृसत्तात्मक समाजमा महिलाले पनि महान काम गर्न सक्छन् भन्ने एक गतिलो उदाहरण हुनुहुन्छ समाजसेवी सावित्री अधिकारी ।  समाजमा महिला पुरुषबीचको विभेदका बाबजुद पनि भोक, निन्द्रा र थकानलाई बिर्सिएर समाजसेवामा अहोरात्र खटिने सावित्री यही समाजमा खेल्दै, पढ्दै हुर्किनुभएकी एक नारी हुनुहुन्छ । सम्पन्न परिवारमा जीवनयापन गरेर पनि प्रत्येक नेपालीको सहारा बनिरहनुभएकी उहाँले विदेशमा अलपत्र परेका व्यक्ति र शवहरुलाई सम्बन्धित ठाउँसम्म पुर्याउन अहोरात्र खटिरहने गर्नुहुन्छ । राज्यको उच्च अहोदा, देशको कार्यकारी प्रधानमन्त्रीको सचिवालयमा बसेर थुप्रै काम गरि सक्नुभएकी उहाँलाई समाजसेवा गर्दा, अरुको दुखमा सहारा बन्न पाउँदा खुशी मिल्ने गरेको छ । पछिल्लो चरणमा विदेशमा बेचिएकी थुप्रै नेपाली चेलीको उद्धार  गरेर नेपाल ल्याएर परिवारको जिम्मा लगाउने, इजरायलमा भएको घटनाका भएका मृत शवलाई उहाँले सम्...
बझाङको खप्तडछान्नाकाे १४ औं गाउँसभामा – बिपतकाेष दान पेटीकाे उद्घाटन

बझाङको खप्तडछान्नाकाे १४ औं गाउँसभामा – बिपतकाेष दान पेटीकाे उद्घाटन

बझाङ, मुख्य समाचार
बझाङ : बझाङकाे खप्तडछान्ना गाउँपालिकामा आई पर्ने आपत विपत प्रयाेजनका लागि खर्च गर्न गाउँपालिकाले बिपत काेष दानपेटीकाकाे उद्घाटन गरिएकाे छ । माघ २३ गते गाउँपालिकाकाे १४ औं गाउँसभाकाे उद्घाटन समाराेहमा गाउँपालिकाका अध्यक्ष उत्तम कुमार राेकायाले दान पेटीकाकाे शुभारम्भ गरिएकाे हाे । खप्तडछान्ना गाउँपालिकामा हालै सरूवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपालीले गाउँपालिकाकाे बिपत काेषमा कुनै रकम नभएकाे जानकारी पाए पछि नयाँ कामकाे थालनी गर्न बिपत काेष दान पेटीकाकाे सुरूवात गर्नु भएकाे गाउँपालीका स्राेतले बताएको छ । गाउँसभामा शुभारम्भ गरिएकाे दानपेटीकाकाे पालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत वडाअध्यक्षहरू,गाउँसभा सदस्य,कर्मचारीहरूले आफ्नाे गक्षअनुसारले दान पेटीकामा नगद रूपैया दान गरेका थिए ।गाउँपालिकाकाे सभाहलमा राखिने दानपेटीकामा अवकाे प्रान्त कुनै पनि सभा...
बझाङ थलाराका राजेन्द्र एक वर्ष देखि ओछ्यानमै, आर्थिक अभावले उपचारमा समस्या

बझाङ थलाराका राजेन्द्र एक वर्ष देखि ओछ्यानमै, आर्थिक अभावले उपचारमा समस्या

बझाङ, मुख्य समाचार
हिटडुल गर्न, आफै खान सक्दैन । व्हील चियरको सहायता पर्छ । कम्मर मुनिको भाग चल्दैन । कम्मरमा घाउ परेको छ । नसा च्यापिएको छ । उपचारका लागि धेरै अस्पताल धाउदा धाउदै । भारतमा रोजगारी गरेर कमाएको र आफन्त बाट ऋण मागेको भएजतिको सबै खर्च सकियोे । अहिले पनि उपचार भइरहेको छ । अब सहयोग माग्ने ठाउँ पनि कहि कतै बाँकी छैन । आफन्त ईष्टमित्र सबै बाट सानोतिनो सहयोग मागि सके । सबैसंग हारगुहार गरी सके । आफन्तहरुले पनि सक्दो सहयोग गरी सकेका छन् । अब सहयोग माग्ने ठाउँ पनि बाँकी छैन । सम्पती विक्री गरेर छोराको उपचार गराउने हो भने उनि संग सम्पतीको नाममा पाखो जमिन बाहेक अरु केही पनि छैन । भारतमा रोजगारी गरेर छोरा छोरी श्रीमती र आमाको स्याहार गर्दै आएका उनी संगै सम्पती के नै हुन्थ्यो र ? छोराको मुख हेर्दा हेर्दै कतिबेला भक्कानिएर रुन्छन् । छोराको छटपटाहट देख्न सक्दैनन् । उनलाई डाक्टरले पनि अप्रेशन गर्न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज