
गौरीगंगा – देशभरका नगरपालिकाद्वारा सञ्चालनमा रहेको बजार व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम आज गौरीगंगा नगरपालिकाको वडा नम्बर ५ मा सम्पन्न भएको छ ।
बजारलाई कसरी शुद्धीकरण गर्न सकिन्छ र उपभोक्तालाई कसरी समय अवधी सकिएका खाद्यान्न वस्तुहरु खरिद गर्नबाट बचाँउन सकिन्छ भन्ने मुख्य उदेश्यका साथ सुरु भएको हो ।
कार्यक्रमका संयोजक लक्ष्मण जोशीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा वडा अध्यक्ष विष्णु भाटको सभापतित्व रहेकोे थियो ।
कुनै पनि व्यापारीले खाद्यान्न वस्तुहरुको मूल्य र समय अवधी अनिवार्य हेरेर मात्र खरिद बिक्री गर्नुपर्ने र त्यो बिपरित छ भने तुरुन्त सम्बन्धित निकायमा सम्पर्क गर्न कार्यक्रम संयोजक जोशीले अनुरोध गरेका छन् ।
दोषी ठहरिएका व्यापारीको लाइसेन्स रद्द गरिने अथवा तोकेबोमोजिम कारबाही गरिने उनले बताए ।
चाउमिन, पाउरोटी, बेटारे, डोनट जस्ता दैनिक माग गरिने वस्तु तीन दिनभन्दामाथि खान युक्त नहुने हुँदा तीन दिनभन्दामाथी पसलमा राखिएको पाइएमा वडा अथवा नगरपालिकामा सम्पर्क गरि नस्ट गरिदिन वडा सचिव ललित सिंहले जनाए ।
लोगो नभएका वा समय अवधी सकिएका वस्तुहरु कुनै व्यवसायीले बिक्री गरेको पाइएमा वडामा अथवा आफूलाई व्यक्तिगत रुपमा सम्पर्क गर्न हुन आग्रह गर्दै कार्यक्रमका सभापति एवम् वडा अध्यक्ष भाटले यस्तो भेटिएमा कारबाहीसमेत गरिने बताएका छन् ।