कैलालीको गौरीगंगा ५ मा बजार व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम
गौरीगंगा - देशभरका नगरपालिकाद्वारा सञ्चालनमा रहेको बजार व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम आज गौरीगंगा नगरपालिकाको वडा नम्बर ५ मा सम्पन्न भएको छ ।
बजारलाई कसरी शुद्धीकरण गर्न सकिन्छ र उपभोक्तालाई कसरी समय अवधी सकिएका खाद्यान्न वस्तुहरु खरिद गर्नबाट बचाँउन सकिन्छ भन्ने मुख्य उदेश्यका साथ सुरु भएको हो ।
कार्यक्रमका संयोजक लक्ष्मण जोशीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा वडा अध्यक्ष विष्णु भाटको सभापतित्व रहेकोे थियो ।
कुनै पनि व्यापारीले खाद्यान्न वस्तुहरुको मूल्य र समय अवधी अनिवार्य हेरेर मात्र खरिद बिक्री गर्नुपर्ने र त्यो बिपरित छ भने तुरुन्त सम्बन्धित निकायमा सम्पर्क गर्न कार्यक्रम संयोजक जोशीले अनुरोध गरेका छन् ।
दोषी ठहरिएका व्यापारीको लाइसेन्स रद्द गरिने अथवा तोकेबोमोजिम कारबाही गरिने उनले बताए ।
चाउमिन, पाउरोटी, बेटारे, डोनट जस्ता द...


