Advertisement

Day: २०८० माघ ९, मंगलवार २१:२६

बझाङ उद्योग बाणिज्य संघद्वारा  आगलागी पिडितका लागि आर्थिक सहयोग संकलन

बझाङ उद्योग बाणिज्य संघद्वारा आगलागी पिडितका लागि आर्थिक सहयोग संकलन

बझाङ, मुख्य समाचार
बझाङ : बझाङ सदरमुकाम चैनपुरमा आगलागी पिडितका लागि आर्थिक सहयोग संकलन गरिएको छ । चैनपुरको लोकतान्त्रीक चोकमा विगत ४० वर्षदेखि व्यापार गर्दै आएका भारतको धार्चुलाका बिरेन्द्र सिंहको घर पसल जलेर नष्ट भएपछि आर्थिक सहयोग संकलन गरिएको हो । उद्योग बाणिज्य संघ बझाङले आज पिडित बिरेन्द्र सिंहको लागि चैनपुर बजारमा आर्थिक सहयोग संकलन गरेको हो । उधोग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीको अध्यक्षतामा सुरु गरिएको आर्थिक सहयोग संकलन अभियानमा उधोग बाणिज्य संघका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । आज चैनपुर बजार क्षेत्रबाट १ लाख ५८ हजार रकम संकलन गरिएको अध्यक्ष सुर्मेलीले बताउनुभयो । यहिँ माघ १ गते जंग बहादुर स्टोर पसलमा आगलागी भएको थियो आगलागीबाट करिब ६० लाख बराबरको क्षति समेत भएको थियो ।...
बझाङका क्याम्पसमा विद्यार्थी अभाव, बिचमै छ‍ोड्ने प्रवृत्ति बढ्दै

बझाङका क्याम्पसमा विद्यार्थी अभाव, बिचमै छ‍ोड्ने प्रवृत्ति बढ्दै

बझाङ, मुख्य समाचार, शिक्षा
बझाङ : बझाङमा पछिल्लो समयमा उच्च शिक्षा अध्ययन गर्नेको संख्या कम हुँदै गएको छ । जिल्लामा सञ्चालित क्याम्पसहरुमा हरेक बर्ष विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ । उच्च शिक्षा प्रदानका लागि खुलेका क्याम्पसहरुमा विद्यार्थीहरुको अभाव रहेको छ । विगतको तुलनामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या कम हुँदै गएको जयपृथ्वी बहुमुखी क्याम्पस भोपूरका प्राध्यापक दिर्घराज पण्डितले बताउनुभयो । जिल्ला सदरमुकाममा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसमै उच्च शिक्षा अध्ययन गर्नेहरुको संख्या कम हुँदै गएको उहाँले बताउनुभयो । जयपृथ्वी बहुमुखी क्याम्पसमा हरेक बर्ष भर्ना हुने विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ । रोजगारमूलक शिक्षाको अभ्यास नहुँदा उच्च शिक्षा अध्ययन गर्नेको संख्या कम हुँदै गएको क्याम्पस प्रमुख पण्डितको भनाइ छ । उहाँले अहिले विदेशतिर जानेको संख्या बढ्दै गएको र पढेर के गर्ने भन्नेहरुको स...

बाजुरामा घरमै खानेपानीको धारा पुगेपछि स्थानीय खुशी

समाचार
बाजुरा - बाजुराको त्रिवेणी नगरपालिका-४ देवस्थली बस्तीको घर घरमा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीय खुशी भएका छन् ।  पुस्ताैंदेखि खोलाको पानी खानुपर्ने बाध्यता थियो । तर अहिले घरघरमा खानेपानीको धारा निर्माण भएपछि त्यो बाध्यता हटेको छ, ७० वर्षिया स्थानीय काल्चे साउँदले बताए । उनले भने, “यहाँका स्थानीय महिलाहरुले पुस्तौंदेखि एक घण्टा टाढाबाट हिँडेर खोलाको पानी ल्याउँथे । अहिले एक घरमा एक धारा निर्माण भएपछि अहिले यहाँका महिला त्यो समस्याबाट मुक्त भएका छन् ।” पानी नहुँदा घर नजिकैको जमिन पनि बाँझो थियो । अहिले घरमा खानेपानीको धारा निर्माण भएपछि त्यो जमिनमा पनि तरकारी लगाउन सहज भएको साउँदले बताए । यतिबेला त्रिवेणी –४ देवस्थली टोलका झण्डै ३२ घरपरिवार समेत घरघरमा खानेपानीको धारा निर्माण भएपछि हर्षित भएका छन् ।  त्रिवेणी नगरपालिकाले विगत एक वर्षदेखि एक घर एक धारा ह...

दार्चुलाको एक विद्यालयमा आगलागी

समाचार
दार्चला - दार्चुलाको एक विद्यालयमा आगलागी भएको छ । महाकाली नगरपालिका–४ खलंगास्थित पशुपति शिक्षा मन्दिरमा आगलागी भएको हो ।  सोमबार राति विद्युतको तार सर्ट भएर कम्प्युटर कोठामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आगलागीबाट कम्प्युटर, सिपियु, टेबल, र्‍याकहरु जलेका र क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।  आगलागी प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।...

प्रदेश राजधानी दिपायलमा बनाउन माग

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गरेका छन् । यसअघिको प्रदेश सभाले दुई तिहाइ बहुमतले कैलालीको गोदावरीमा तय गरेको राजधानी कार्यान्वयन हुन नसकिरहेको भन्दै उनले सन्तुलित विकासका लागि सबै जिल्लाकाे पायक पर्ने स्थान दिपायलमा राजधानी बनाउन माग गरेका हुन् । सरकार नै राजधानी कार्यान्वयनमा गम्भीर नरहेको उल्लेख गर्दै उनले प्रदेश राजधानीको सवालमा सदनमा नयाँ शिराबाट कुरा अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।...

अत्तरिया उद्योग वाणिज्य संघमा तालाबन्दी

समाचार
धनगढी - कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा तालाबन्दी गरिएको छ। आज (मंगलबार) अत्तरियाका व्यवसायीले उद्योग वाणिज्य संघमा तालाबन्दी गरेका हुन्। अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले संघको कार्यालयमा ताला लगाएका छन्।  माघ ७ गतेसम्म चलेको महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए।...

एमालेले सरकारलाई बुझायो ७५१ वटा मागसहितको ज्ञापन पत्र

समाचार
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।  गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको जानकारी दिए ।  यी सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले ती सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति स...

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार
कैलाली - कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सोमबार घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित सुदूरपश्चिम प्रदेश ०१००९ प ४६१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार बर्दगोरीया गाउँपालिका-५ का २१ वर्षीय कालु बिकको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदिप बिकको सोही अस्पतालमा उपचार भईरहेको छ । मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । ...

धनगढीका मेयर हमालको घरमा वैद्य माओवादीले कालो ब्यानर टास्ने

समाचार
धनगढी - मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको घरमा माघ १० गते कालो ब्यानर टाँस्ने बताएको छ। सोमवार धनगढीमा पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदासमेत समाधानतर्फ ध्यान नदिएपछि वैद्य माओवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो। धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरु सम्वन्धमा कुनै सुनुवाई नभएकोले समस्याहरुको समाधानका लागि कुनै काम नभएको भन्दै पार्टीका १७ वटा संघर्षका कार्यक्रम पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ। पार्टीले उपलब्ध गराएको प्रेस व्यक्तव्यमा पहिलो चरणमा माघ १० गते वडा कार्य...

बाजुराको एक वडा कार्यालयमा तालाबन्दी

समाचार
बाजुरा - बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ । नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो । लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी गरी चार राजनीतिक दलले तालाबन्दी गरेका हुन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज