बझाङ : बझाङ सदरमुकाम चैनपुरमा आगलागी पिडितका लागि आर्थिक सहयोग संकलन गरिएको छ । चैनपुरको लोकतान्त्रीक चोकमा विगत ४० वर्षदेखि व्यापार गर्दै आएका भारतको धार्चुलाका बिरेन्द्र सिंहको घर पसल जलेर नष्ट भएपछि आर्थिक सहयोग संकलन गरिएको हो ।
उद्योग बाणिज्य संघ बझाङले आज पिडित बिरेन्द्र सिंहको लागि चैनपुर बजारमा आर्थिक सहयोग संकलन गरेको हो । उधोग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीको अध्यक्षतामा सुरु गरिएको आर्थिक सहयोग संकलन अभियानमा उधोग बाणिज्य संघका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

आज चैनपुर बजार क्षेत्रबाट १ लाख ५८ हजार रकम संकलन गरिएको अध्यक्ष सुर्मेलीले बताउनुभयो । यहिँ माघ १ गते जंग बहादुर स्टोर पसलमा आगलागी भएको थियो आगलागीबाट करिब ६० लाख बराबरको क्षति समेत भएको थियो ।