एजेन्सी – चीनको हेनान प्रान्तमा रहेको एउटा कोइला खानीमा विस्फाेट हुँदा १० जनाकाे ज्यान गएकाे छ । ६ जना बेपत्ता भएका छन् ।
खानीमा काेइला र ग्यास विस्फाेट भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएकाे छ ।
विस्फाेटकाे समयमा खानीभित्र ४ सय २५ जना कामदार रहेकामा तीन सय ८० जनाकाे भने उद्धार गरिएकाे सिन्ह्यामा उल्लेख छ । उनीहरुकाे सबैकाे अवस्था समान्य रहेकाे छ ।
कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा
अधिकारीहरूले पक्राउ गरेका छन् । हेनान प्रान्तको आपतकालीन व्यवस्थापन मन्त्रालयले बेपत्ताहरुकाे यथाशीघ्र खाेजी, उद्धार र मृतकहरुकाे पहिचानका लागि निर्देशन दिएकाे सिन्ह्वाले जनाएकाे छ ।
दुर्घटनाकाे कारण पत्ता लगाइ थप जाेखिम हुनबाट राेक्ने मन्त्रालयले जनाएकाे छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३