Advertisement

Day: २०८० पुष २४, मंगलवार १९:१०

बाजुरामा सुत्केरीको उपचारका क्रममा मृत्यु

समाचार
बाजुरा - बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ ।  बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो ।  हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा.रञ्जित शाहले जानकारी दिए ।  उनी यही पुस १२ गते गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् । सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उनको परिवारले थप उपचारका लागि कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको डा.शाहले बताए । सुत्केरीपछि बुढामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो । समयमै उपचारका लागि सुविधायुक्त अस्पताल लैजान सकेको भए उनलाई बचाउन सकिने चिकित्सकको भनाइ छ । शिशुको अवस्था भने सामान्य रहेको डा.शाहले बता...

वैदेशिक रोजगारीमा ठगीको आरोपमा चारजना पक्राउ

समाचार
काठमाडौं - वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाइदिन्छु भनी ठगी गर्ने चारजना पक्राउ परेका छन् ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार रोजगारका लागि विभिन्न देशमा पठाउने प्रलोभन पारी पटक पटक गरेर रकम ठगी गरेको आरोपमा चारजना पक्राउ गरी अनुसन्धानका लागि पठाइएको छ ।   पक्राउ पर्नेमा सर्बिया पठाइदिन्छु भनी रकम ठगी गर्ने उदयपुर कटारी नपा वडा न‌ १ घर भई हाल ललितपुरको च्यासल बस्ने ४२ वर्षका विकास कुमार घले र ३९ वर्षीय सञ्जय लामा छन् । लामा र घलेलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाही लागि जिल्ला प्रहरी परिसर टेकु पठाइसकेको रेग्मीले बताए । लामा र घलेले टोकियो ओभरसिस दर्ता गरी सरिता घलानलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाए बापत प्रतिव्यक्ति नौ लाख लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनी एक ल...

बर्दगोरियाको छतिवना वनको २२ औं साधारण सभा सम्पन्न, अध्यक्षमा करन चौधरी पुनः चयन 

समाचार
बर्दगोरिया - कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ र ६ मा रहेको छतिवना सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारण सभा सम्पन्न भएको छ ।  समूहका अध्यक्ष करन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका  बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बिशिस्ट अतिथिमा वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु रहेका थिए । सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष लाल बहादुर कठरियाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा समाजसेवी, डाक्टर राम बहादुर चौधरी, सामुदायिक वन उपभोक्ता महासंघका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष टेक बहादुर थापाको उपस्थिति रहेको थियो । समूहका कार्यालय सचिव लहानु चौधरीले आर्थिक वर्ष २०७९/०८० को ७ लाख, ८२ हजार बराबरको आय व्यय प्रस्तुत गरेका थिए । साधारण सभाले करन चौधरीलाई पुन: अध्यक्ष पदमा चयन गरेको छ । यसैगरी उपाध्यक्षम...
प्रजनन तथा नि: सन्तान बिशेषज्ञ डाक्टर अब धनगढि बुढिगँगा फार्मेशि मा! ! 

प्रजनन तथा नि: सन्तान बिशेषज्ञ डाक्टर अब धनगढि बुढिगँगा फार्मेशि मा! ! 

समाचार
प्रजनन तथा नि: सन्तान बिशेषज्ञ डाक्टर अब धनगढि को  अष्पताल  लाईन मा रहेको  बुढिगँगा फार्मेशि मा यहि माघ ५ र ६ गते आउने फार्मेसि सँचालक बिजय के सि  ले जानकारी दिनु भएको छ ।  निसन्तान दम्पति हरु को दुरबिन पद्दति द्वारा पाठेघर को जाँच , हार्मोनल कमि तथा महिनावारि गढबढि जस्ता समस्या हरु को समधान को लागि काठमाडौं को शृद्दि आई भि एफ एण्ड फर्टिलिटि सेन्टर मा कार्यरत डा दिपमला कार्कि द्वारा चेकजाँच गरिने सचाँलक केसि ले बताउनु भयो । ...

कैलालीमा एक लाख बढी भन्सार छलीका सामान बरामद 

समाचार
धनगढी - कैलालीमा एक लाख बढी भन्सार छलीका सामान बरामद गरिएको छ ।  भजनी नगरपालिका-४ कुडीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६० हजार मूल्य बराबरको सुर्ति, प्लाष्टिको झोला, प्लाष्टिकको त्रिपाल लगायतका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका-३ भन्सार कार्यालय नजिकबाट अन्दाजी ५१ हजार १ सय ९० मूल्य बराबरको चिनी, प्याज, मैदा, मटर, लेडिज स्विटर, मखमल दोपट्टा लगायतका समान  गरी जम्मा अन्दाजी १ लाख ११ हजार १ सय ९० मुल्य बराबरको सामान प्रहरीले सोमवार बरामद गरेको छ ।  प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।...

बैतडीमा एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार 

समाचार
बैतडी - बैतडीमा एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन गएका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको हो ।  दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा संचालन भइरहेको प्रतियोगितामा सोमबार राति केदार माबि, पिपलकोटका विद्यार्थी विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो । हतियार प्रहारबाट घाइते भएका १७ वर्षीय कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । सोमबार साँझ उक्त घटना भएको र त्यसलगत्तै प्रहरी परिचालन गरेर घटनामा संलग्न भएका ६ जनालाई पक्राउ गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख नन्दराज जोशीले बताए ।...

धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ 

समाचार
धनगढी - धनगढीका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१३ कैलाली गाँउ स्थित बिष्णु टोलबाट १६० मिलीग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँका २५ वर्षीय कमलेस राना र २१ वर्षीय राकेश राना सोमवार राति पक्राउ परेका हुन् ।  प्रहरी चौकी कैलाली गाँउबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...

१८ वर्षीय युवकको हत्या, बाबु प्रहरी नियन्त्रणमा 

समाचार
इलाम - इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् ।  माई नगरपालिका–६, बिहीबारेका दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल उपचारका लागि झापा लगिएको थियो ।  उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले बताए । ३७ वर्षे दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...

अछाममा पाँच महिनादेखि ८ विद्यालयका विद्यार्थीले पाएनन् दिवा खाजा

समाचार
अछाम - अछामको पञ्चदेवल विनायक नगरपालिका ८ बारलामा आठ विद्यालयका विद्यार्थी दिवा खाजाबाट वञ्चित भएका छन् ।  नगरपालिकाका आठ वटै विद्यालयमा खाजा खुवाउन छनाेट भएको सुप्रिम सहकारीसँगको सम्झौता नहुँदा विद्यार्थीहरू पाँच महिनादेखि खाजा खान नपाएका हुन् ।  नगरपालिका र सहकारीले सम्झौता नहुनुमा एक अर्कालाई दोष लाइरहेका बेलामा विद्यार्थीहरू खाजा खान पाउने अधिकारबाट वञ्चित भएका छन् ।  आफ्नो विद्यालयका विद्यार्थीहरूले हालसम्म विद्यालयको खाजा खान नपाएको मालिका माविका प्रधानाध्यापक तपेन्द्रबहादुर शाहीको भनाइ छ । वडा दसैँभन्दा अघि वडामा रहेका ८ मध्ये सरस्वती, शैलेश्वरी, कुइकाल्नी र जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीले भने एक हप्ता विद्यालयको खाजा खान पाए पनि त्यसपछि बन्द अवस्थामा छ ।  वडामै रहेको मालिका मावि, सुदर्शन, रुपादेवी, नवदुर्गा आधारभूत विद्यालयमा भने हालसम्म विद्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज