धनगढी – कैलालीमा एक लाख बढी भन्सार छलीका सामान बरामद गरिएको छ ।
भजनी नगरपालिका-४ कुडीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६० हजार मूल्य बराबरको सुर्ति, प्लाष्टिको झोला, प्लाष्टिकको त्रिपाल लगायतका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका-३ भन्सार कार्यालय नजिकबाट अन्दाजी ५१ हजार १ सय ९० मूल्य बराबरको चिनी, प्याज, मैदा, मटर, लेडिज स्विटर, मखमल दोपट्टा लगायतका समान गरी जम्मा अन्दाजी १ लाख ११ हजार १ सय ९० मुल्य बराबरको सामान प्रहरीले सोमवार बरामद गरेको छ ।
प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३