
बैतडी – बैतडीको सिगास, थलागाउँको दलित बस्तीमा खानेपानी नहुँदा २५० घरधुरीका मानिस एक घण्टा ओराले झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६, थला गाउँको दलित बस्तीमा खानेपानीको धारा नहुँदा यस्तो समस्या भएको हो ।
खानेपानीको अभावमा बस्ती काकाकुल बनेको स्थानीयले बताएका छन् । हिउँदमा खोलाको पानी र बर्खा लागेपछि आकासे पानी पिउनुपर्ने दलित समुदायको बाध्यता रहेको स्थानीयले बताए ।
साँझ, बिहान र दिउँसो गरेर तीन पटक पानी भर्न जाँदा अधिकांश समय पानी भर्नमै बित्ने गरेको स्थानीयको गुनासो छ ।
वडा कार्यालयमा पानीको माग आए पनि पर्याप्त बजेट नभएको सिगास गाउँपालिका–६ का वडाध्यक्ष जेतबहादुर साउदले बताए ।