Advertisement

Day: २०८० पुष २३, सोमबार १९:५३

बैतडीको एक बस्तीमा खानेपानीको अभाव हुँदा २५० घरधुरी समस्यामा

समाचार
बैतडी - बैतडीको सिगास, थलागाउँको दलित बस्तीमा खानेपानी नहुँदा २५० घरधुरीका मानिस एक घण्टा ओराले झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६, थला गाउँको दलित बस्तीमा खानेपानीको धारा नहुँदा यस्तो समस्या भएको हो ।  खानेपानीको अभावमा बस्ती काकाकुल बनेको स्थानीयले बताएका छन् । हिउँदमा खोलाको पानी र बर्खा लागेपछि आकासे पानी पिउनुपर्ने दलित समुदायको बाध्यता रहेको स्थानीयले बताए । साँझ, बिहान र दिउँसो गरेर तीन पटक पानी भर्न जाँदा अधिकांश समय पानी भर्नमै बित्ने गरेको स्थानीयको गुनासो छ ।  वडा कार्यालयमा पानीको माग आए पनि पर्याप्त बजेट नभएको सिगास गाउँपालिका–६ का वडाध्यक्ष जेतबहादुर साउदले बताए ।...

नेपालमा देखियो कोरोनाको नयाँ ‘सबभेरियन्ट’ 

समाचार
काठमाडौं - नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको बताए ।   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान पुष्टि भएको हो ।  कोभिडको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ ।  डा.प्रकाश बुढाथोकीले कोरोना सङ्क्रमण फैलन नदिन भिडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गरेका छन् । मन्त्रालयले नयाँ सब भेरिएन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल प्रवेश बिन्दुमा सम्पूर्ण हेल्थ डेक्सहरु, ...

एपीएफ र आर्मी राष्ट्रिय भलिबल प्रतियाेगिताकाे सेमिफाइनलमा

समाचार
काठमाण्डौं – सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । आज सोमवार भएको समूह ‘ए’ को खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटले हराउँदै एक खेलअघि नै अन्तिम ४ मा स्थान बनाएको हो । यो जितसँगै एपीएफले ३ खेलमा ९ अङ्क जोडेको छ । पुलिसको ३ खेलमा ६ अङ्क छ । आजै भएको समूह ‘बी’ को खेलमा गण्डकी प्रदेशलाई हराउँदै आर्मी एक खेलअघि नै अन्तिम ४ मा पुग्यो । आर्मीले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो । यो जितसँगै आर्मीले ३ खेलमा ९ अङ्क जोडेको ५ । गण्डकीको ३ खेलमा ६ अङ्क छ । यसैगरी आजै भएका खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । लुम्बिनीले कोशी प्रदेशलाई ३–१ को सेटले हरायाे । यस्तै अर्काे खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३–१ को सेटले हरायो । नेपाल भलिबल सङ्घको आयोजना र कर्णा...

माेदीविरुद्ध आपत्तिजनक टिप्पणी गर्ने माल्दिभ्सका ३ जना मन्त्री निलम्बित

समाचार
एजेन्सी - माल्दिभ्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा टिप्पणी गर्ने तीन जना मन्त्रीलाई निलम्बन गरेको छ । उनीहरूले सामाजिक सञ्जाल पोस्टमा प्रतिक्रिया दिँदै मोदीलाई विदूषक, आतङ्ककारी र इजरालयको कठपुतली भएको बताएकाले निलम्बनमा परेका बीबीसी हिन्दीले जनाएको छ । तीनै जनाले सामाजिक सञ्जाल 'एक्स' मा मोदीको पोस्टमा प्रतिक्रिया लेख्दै अपमानजनक टिप्पणी गरेका थिए । निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजूम मजिद छन् ।  शिउनाले भारतलाई गाईको गोबरसँग पनि तुलना गरेकी थिइन् । धेरै चर्चा भएपछि ती मन्त्रीहरूले आफ्ना विवादित पोस्ट मेटेका छन् । राष्ट्रपति मोहम्मद मुइज्जूको कार्यालयका प्रवक्ताले भारत र भारतीय प्रधानमन्त्रीविरुद्ध टिप्पणी गर्ने सबै अधिकारीलाई तत्कालै लागू हुने गरी निलम्बन गरेको जानकारी दिनुभएको बीबीसीको खबरमा उल्लेख छ । मन्त्रीहरूको टिप्पणीले भारतीय सामा...
टिकापुर अष्पताल मा पहिलो पटक औषधि परामर्श  तथा ड्रग इन्फरमेसन कक्ष सचाँलन मा :-  क्लिनिकल फा. जनक शाही !!

टिकापुर अष्पताल मा पहिलो पटक औषधि परामर्श  तथा ड्रग इन्फरमेसन कक्ष सचाँलन मा :-  क्लिनिकल फा. जनक शाही !!

समाचार
टिकापुर प्रादेशिक अष्पताल मा पहिलो पटक औषधि परामर्श  तथा ड्रग इन्फरमेसन कक्ष सचाँलन मा आएको क्लिनिकल  फर्मासिस्ट जनक शाही  ले बताउनु भएको छ ।  एक जना मात्र फार्मेशि को स्थाई दर्बन्दि भएको टिकापुर अष्पताल मा फर्मासिस्ट डा जनक शाही र मे.सु. रेम कुमार राई को अथक मेहेनत  मा पहिलो  पटक औषधि सगँ सम्बन्धित जानकारि तथा परामर्श  दिन को निमित्त छुट्टै कक्ष सचाँलन मा ल्याईएको  हो ।  फर्मासिस्ट शाही ले भन्नु भयो कतिपय औषधि हरु को सहि रुप मा सेवन गर्न नजानेर , औषधि को सहि  मात्र शरिर मा नपुगेर रोग निको नहुने  कुरा बताउनु  भयो । फार्मेशि मा कहिले काँहि भिडभाँड मा औषधि दिदाँ  सहि तरिकाले बिरामि ले प्रयोग गर्ने तरिका  थाहा नपाउन सक्ने हुनाले त्यस्को निम्ति छुट्टै रुम सचाँलन गरेर बुझाउने गरेको वहाँले बताउनु  भयो हाल  जनरल सर्जरि, नाक, कान र घाँटी, गाइने र  अर्थो सेवा दिईरहे...

बक्यौता उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री

समाचार
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले अख्तियार, संसदीय समितिको समेत निर्देशनलाई मनन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउँदै महान्यायाधिवक्ताको कार्यालयको राय लिएर निष्कर्षमा पुग्नुपर्ने बताएका छन् । बैठकमा प्रधानमन्त्रीले भने, “संसदीय समिति र अख्तियारको निर्देशन पनि हेरौँ । महान्यायाधिवक्ता कार्यालयको राय पनि लिऊँ । त्यसपछि बक्यौता पनि उठ्ने र उद्योगहरू पनि सुचारु हुने विकल्पमा जानु राम्रो हुन्छ । त्यसका लागि तपाईँहरूले विकल्प खोजेर समाधान खोज्नेतिर लाग्नुस् ।”...

त्रिविको उपकुलपतिको लागि दोस्रो आवेदन

समाचार
काठमाण्डाैं - त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।  यसअघि पहिलो पटक आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्नेलगायत विभिन्न मापदण्ड तोकिएको थियो । यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुुलपति पुुष्पकमल दाहाल प्रचण्डले विज्ञापनमा कसैलाई पनि बन्देज नहुनेगरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो । आज प्रकाशित भएको दोस्रो सूचनामा उपकुलपतिका लागि इच्छुक र योग्य व्यक्ति...

शेयर बजारमा हरियाली, चार अर्ब ६७ करोड रुपैयाँको कारोबार

समाचार
काठमाण्डाैं  – शेयर बजार आज साेमवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको शेयरमा पनि पहिलो दिन सकारात्मक सर्किट लागेको छ । आज कुल एक करोड ३७ लाख कित्ता शेयर कारोबार भएकामा सबैभन्दा धेरै निफ्राकाे मात्रै पाँच लाख २६ हजार कित्ता शेयर खरिद/बिक्री भएकाे छ ।  आज चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएका छन् ।...

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट तीन सदस्यको चयन हुँदै

समाचार
कैलाली - राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।  सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ । महिला कोटाबाट निर्वाचित नेकपा (एमाले) का इन्दु कडरिया (कञ्चनपुर), अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का महेशकुमार महरा (डडेलधुरा) र अन्य कोटाबाट निर्वाचित सोही पार्टीका हरिराम चौधरी (कैलालीका) को पदावधि आगामी फागुनमा सकिँदैछ । प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष रहेको निर्वाचनमण्डलले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा...

दस हजार मेगावाट विद्युत भारत निर्यात गर्ने सम्झाैता

समाचार
काठमाडौं - नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने कार्यले मूर्तरुप पाएको छ । त्यससम्बन्धी सम्झौतामा बिहीबार दुई देशका तर्फबाट हस्ताक्षर भएको छ ।  नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले यो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।  यो सम्झौताको अवधि २५ वर्ष हुने र प्रत्येक १० वर्ष पुनः नवीकरण हुँदै जानेछ । जेठ १७ मा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतका ऊर्जासचिवका बिचमा प्रारम्भिक हस्तक्षर भएको थियो । त्यही सम्झौतालाई अन्तिम रुप दिने पूर्वसमझदारी अनुरुप हस्ताक्षर भएको हो ।  यो हस्ताक्षरले नेपालको विद्युत् भारतका सरकारी तथा निजी क्षेत्रले अल्पकालीन, मध्यकालीन र  दीर्घकालसम्म खरिद सम्झौता गरी विद्युत् किन्न सक्ने जनाइएको छ । विद्युत् ...

धनगढीको केएमसीमा राष्ट्रिय प्राज्ञिक सम्मेलन सम्पन्न

समाचार
धनगढी – कैलाली बहुमुखी क्याम्पसको आयोजना र काठमाण्डौ विश्वविद्यालयसँगको सहकार्यमा अङ्ग्रेजी भाषा शिक्षामा हालको अनुसन्धान प्रवृत्ति सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  शनिबार र आइतबार भएको उक्त सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र भारतको बाबा साहेव अम्वेडकर शिक्षा विश्वविद्यालय गरी पाँचवटा विश्वविद्यालयका प्राज्ञिकहरूको जमघट भएको थियो। उक्त सम्मेलन आइतबार सम्पन्न भएको हो । उद्घाटन सत्र कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सह–प्राध्यापक ठाकुरप्रसाद ढुङगेलको अध्यक्षतामा सुरु भएको सम्मेलनका प्रमुख अतिथि नेपाल खुला विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह विष्ट तथा विशिष्ट अतिथि सुप विश्वविद्यालयका ब्यवस्थापन संकायका डीन प्रा.डा. पदमराज जोशी तथा शिक्षाशास्त्र संकायका डीन डा. भवा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज