Advertisement

माेदीविरुद्ध आपत्तिजनक टिप्पणी गर्ने माल्दिभ्सका ३ जना मन्त्री निलम्बित

Advertisement

एजेन्सी – माल्दिभ्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा टिप्पणी गर्ने तीन जना मन्त्रीलाई निलम्बन गरेको छ । उनीहरूले सामाजिक सञ्जाल पोस्टमा प्रतिक्रिया दिँदै मोदीलाई विदूषक, आतङ्ककारी र इजरालयको कठपुतली भएको बताएकाले निलम्बनमा परेका बीबीसी हिन्दीले जनाएको छ ।

तीनै जनाले सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीको पोस्टमा प्रतिक्रिया लेख्दै अपमानजनक टिप्पणी गरेका थिए । निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजूम मजिद छन् । 

शिउनाले भारतलाई गाईको गोबरसँग पनि तुलना गरेकी थिइन् । धेरै चर्चा भएपछि ती मन्त्रीहरूले आफ्ना विवादित पोस्ट मेटेका छन् । राष्ट्रपति मोहम्मद मुइज्जूको कार्यालयका प्रवक्ताले भारत र भारतीय प्रधानमन्त्रीविरुद्ध टिप्पणी गर्ने सबै अधिकारीलाई तत्कालै लागू हुने गरी निलम्बन गरेको जानकारी दिनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

मन्त्रीहरूको टिप्पणीले भारतीय सामाजिक सञ्जालमा खैलाबैला मच्चाएपछि माल्दिभ्स सरकारले मन्त्रीहरूलाई निलम्बन गरेको हो । मोदीबारे टिप्पणी गरिएको भोलिपल्ट भारतले माल्दिभ्सका उच्चायुक्तलाई स्पष्टीकरण दिन बोलाएको छ ।

गएको वर्ष सत्तामा आउनुभएका राष्ट्रपति मुइज्जूले भारतीय सैनिकलाई माल्दिभ्स छाड्न आग्रह गरेपछि भारत र माल्दिभ्सबीच तनाव उत्पन्न भएको थियो । माल्दिभ्सका मन्त्रीहरूको टिप्पणीपछि केही भारतीयहरूले माल्दिभ्समा बिदा मनाउन जाने आफ्नो योजना रद्द गर्ने घोषणा गरेका छन् । गएको वर्ष माल्दिभ्स जाने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय थिए । माल्दिभ्सका पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले तीन अधिकारीहरूले भारतविरुद्ध घृणायुक्त भाषा प्रयोग गरेको भन्दै कडा निन्दा गरेका छन् ।

चीनसँग नजिक भनिएका मोहम्मद मुइज्जू राष्ट्रपतिमा निर्वाचित भएदेखि नै भारत–माल्दिभ्स सम्बन्धमा समस्या देखिएको छ । यसअघि माल्दिभ्सका राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक भारत भ्रमण गर्ने गरेकामा मुइज्जूले टर्कीबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण शुरु गरेका थिए । भारत र चीन दुवैले रणनीतिक अवस्थिति भएका माल्दिभ्सका टापुहरूमा आफ्नो वर्चस्व कायम गर्ने प्रतिस्पर्धा गरिरहेका छन् ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

धनगढी- बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको सुर्नया गाउँपालिका- ६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर ज...
प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा अछाममा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, क्षेत्र नं १ बाट साउँद, २ बाट न्यौपाने

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा अछाममा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, क्षेत्र नं १ बाट साउँद, २ बाट न्यौपाने

धनगढी- प्रगतिशील लोकतान्त्रिक पार्टीले अछाम जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला पार्टी ...
देउवा विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना असत्य : सचिवालय

देउवा विशेष महाधिवेशनमा सहभागी हुने भन्ने सूचना असत्य : सचिवालय

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी हुने भन्...
काठमाडौंमा प्रथम नौबिस्या कप सञ्चालन हुँदै, प्रथम पुरस्कार २१ हजार नौबिस

काठमाडौंमा प्रथम नौबिस्या कप सञ्चालन हुँदै, प्रथम पुरस्कार २१ हजार नौबिस

धनगढी- काठमाडौंमा प्रथम नौबिस्या कप २०८२ सञ्चालन हुनेभएको छ । सुदूरपश्चिमेलीहरूको विशेष पर्व माघीको अवसरमा बझाङ जिल्ला स्तरीय प्रथ...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्...
कैलालीको हसुलियामा रहेको कालिका कृषि सहकारीको १६औँ वार्षिकोत्सब सम्पन्न, नयाँ नेतृत्व चयन

कैलालीको हसुलियामा रहेको कालिका कृषि सहकारीको १६औँ वार्षिकोत्सब सम्पन्न, नयाँ नेतृत्व चयन

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका- १ हसुलियामा रहेको कालिका कृषि सहकारी संस्था लिमिटेडको वार्षिकोत्सब सम्पन्न भएको छ। ...
सीपी अस्पतालद्वारा बेलडाँडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

सीपी अस्पतालद्वारा बेलडाँडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

कञ्चनपुर — कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजना गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सीपी अस्पताल...
रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

रास्वपा कैलालि क्षेत्र न ०४ बाट खेम कोइराला को दाबेदारि

२०८२ पुस २६ ,गते आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फ बाट कैलाली क्षेत्र नं.४ मा जिल्ला सचीव ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज