कञ्चनपुरमा बगरखेती गर्ने किसानलाई अनुदान
कञ्चनपुर - कृष्णपुर नगरपालिका-२ बङ्क सालघारीमा बगरखेती गर्ने किसानलाई आज निःशुल्क अनुदानमा रासायनिक मल वितरण गरिएको छ ।
वडा कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट ८० जना किसानलाई डिएपी रासायनिक मल वितरण गरेको हो ।
कल्पना किसना समूहमार्फत बगरखेतीमा संलग्न किसानलाई १७ किन्टल डिएपी मल अनुदानमा वितरण गरिएको वडाध्यक्ष अर्जुन साउदले बताए ।
नगरपालिकाको कृषि विकास शाखाले बगरखेतीमा संलग्न किसानलाई बीउबिजन र प्रविधिमा सहयोग पुर्याउँदै आएको उनले बताए ।
बगरखेतीमा संलग्न किसान धीरेन्द्र रानाले वडा कार्यालयबाट विगतमा पनि सहयोग हुँदै आएको चर्चा गर्दै मलखाद अनुदानमा उपलव्ध गराएर खेती गर्ने किसानको हौसला बढाउनमा मद्दत पुगेको बताए ।
बगरखेतीमा मुक्त कमैया परिवारका व्यक्ति बढी संलग्न रहदै आएका छन् । वनहरा नदीको बगरमा मुक्तकमैयाले विगत एक दशकदेखि खेतीलाई निरन्तरता ...


