Advertisement

Day: २०८० पुष ६, शुक्रबार २२:१८

फिजिसियन  डा. निराजन दत्त शर्मा सम्मानित !

फिजिसियन डा. निराजन दत्त शर्मा सम्मानित !

समाचार
धनगढि :- एनआरएनए छैटौँ फारवेस्ट पशुपति कपमा फिजीसियन डाक्टर नीराजन शर्मा सम्मानित भएका छन् ।  उनलाई शुक्रवार फारवेस्ट पशुपति कप उद्घाटन समारोहमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले सम्मान गरेका हुन्। ‘कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत शर्मालाई सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा योगदान गरेको भन्दै शर्मालाई सम्मान गरेको हो । उनको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गरी आगामी दिनमा समेत निरन्तर सहयोग प्राप्त हुने अपेक्षा आयोजक संस्थाले लिएको सम्मान पत्रमा उल्लेख छ।...

कैलालीलाई लागूऔषध हब बन्न नदिन प्रयास गर्नेछु : प्रजिअ मिश्र

समाचार
धनगढी - लागूऔषध दुर्व्यसन बढेको कैलालीलाई हब बन्न नदिने गरी आफूले हरसम्भव प्रयास गर्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले प्रतिबद्धता जनाएका छन् ।  कैलालीको जिम्मेवारी सम्हालेलगत्तै आज पत्रकारसँग भेटघाट गर्दै उनले लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् । “मलाई थाहा छ, यो जिल्ला लागुऔषधको हब बन्दैछ । प्रयोगकर्ता र कारोबारी बढेका छन्” उनले भने, “लागुऔषधको हब बन्न नदिन मेरो हरसम्भव प्रयास रहनेछ ।” प्रमुख जिल्ला अधिकारी मिश्रले जिल्लाको शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासनलाई कायम राख्न आफू यहाँ आएको बताए ।  प्रमुख जिल्ला अधिकारीले सार्वजनिक सेवालाई गुणस्तरीय बनाउनु आफ्नो दायित्व रहेको र त्यसको सुरुवात आफ्नै कार्यालयबाट गर्ने उल्लेख गरे ।  यसैगरी १०१ किलोमिटर नेपाल–भारत खुला सिमाना रहेकाले यहाँ भइरहेको अवैध चोरी, पैठारी नियन्त्रण गरे...

केएमसी सिर्जनशील क्लबद्वारा निबन्ध प्रतियोगिता सम्पन्न 

समाचार
धनगढी - केएमसी सिर्जनशील क्लबद्वारा निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा रहेको उक्त क्लबले आज शुक्रबार निबन्ध प्रतियोगिता गरेको हो । २४ जना सहभागी रहेको निबन्ध प्रतियोगितामा शिवराज उपाध्याय प्रथम भएका छन्  । त्यस्तै निर्मल भण्डारी दोस्रो, किरन कुमारी बुचामगर तेस्रो र अम्बिका महराले सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन् । क्लबकी अध्यक्ष निर्मला भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कैलाली बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष यमराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको निर्णायकमा कैलाली बहुमुखी क्याम्पसका उप-प्राध्यापक बासुदेव बिष्ट रहेका थिए ।...

बजरंगबली सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारण सभा सम्पन्न 

समाचार
मिलन साउद, जोशिपुर - बजरंगबली सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारण सभा सम्पन्न भएको छ । कैलालिको जोशिपुरमा-१ मा रहेको श्री जय बजरंगबली सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारण सभा तथा सार्वजनिक  सुनुवाइ कार्यक्रम आज शुक्रबार सम्पन्न भएको हो । दुर्गा चौधरी सञ्चालक रहेको उक्त कार्यक्रममा जय बजरंगबली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोक बहादुर कठरियाको अध्यक्षता रहेकोे थियो भने जोशिपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम चन्द्र चौधरीको प्रमुख आतिथ्यता रहेकोे थियो । त्यस्तै कार्यक्रममा वन उपभोक्ता समूहका अन्य पदाधिकारी र स्थानीयको उपस्थिति रहेको थियो ।...
नेपाल औषधि उत्पादक संघ को आयोजनामा नवौं फर्मा एक्स्पो भरतपुरमा हुँदै,

नेपाल औषधि उत्पादक संघ को आयोजनामा नवौं फर्मा एक्स्पो भरतपुरमा हुँदै,

समाचार
नवौं नेपाल फर्मा एक्स्पो भरतपुरमा हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा नवौं फर्मा एक्स्पो २०२४ चितवन एक्स्पो सेन्टर, भरतपुरमा मार्च ८ देखि १० सम्म (२०८० फाल्गुन २५ देखि २७) सम्म आयोजना हुने भएको छ। एक्स्पो तीन दिन सञ्चालन हुनेछ।   धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई एक्स्पोमा देखाइने छ। एक्स्पोमा नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिको अगुवाईलाई मुख्य नारा बनाइएको छ। एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहने  र जसमध्ये नेपाल, भारत, सिंगापुर, बंगलादेशका प्रदर्शन बढी हुने आयोजकले जनाएको छ। प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पो  नेपालका औषधि उद्योगलाई अगाडि बढाउनको लागि समर्पित रहेको आयोजकले दाबी गरेको छ। 'एक्स्पो ज्ञान आदनप्रदान, सहकार्यसँगै यस क्षेत्रको बृद्धि र विकासको लागि नवीनतम प्रयोगको रुपमा रहने छ' एक्स्पो संयोजक प्रभा...

टीकापुरमा नसर्ने रोगबारे सचेतना फैलाउन स्वयंसेविका परिचालन

समाचार
धनगढी - टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ ।  नगरपालिकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो । पालिकाले १२० स्वयंसेवक महिलालाई तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ । स्वयंसेवक महिलालाई नसर्ने रोगका प्रकार,लक्षण,बच्ने उपाय र मानसिक स्वास्थ्य समस्याबारे जानकारी दिएको छ । उनीहरुले समुदायमा गएर टोल भेला,गाउँघर क्लिनिक,आमा समूहको बैठक वा स्वास्थ्यका हरेक अभियानमा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याबारे छलफल गर्न थालेका छन्।...

धनगढीमा आधुनिक बसपार्क निर्माणका लागि डीपीआर तयार

समाचार
धनगढी - कैलालीको धनगढीमा आधुनिक एवं सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । यसका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको हो ।  नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको वित्तीय लगानीमा आधुनिक बसपार्क निर्माण हुने भएको छ। धनगढी उपमहानगरपालिका–३ मा प्रस्तावित बसपार्क निर्माणका लागि हालै मात्र डीपीआर निर्माणको काम पूरा भएको उपमहानगरपालिको जनाएको छ ।...

प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त

समाचार
कैलाली - धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको बताए । त्यस क्रममा गोली लागेर एकजना घाइते भएका छन् । स्थानीय शंकर मण्डल घाइते भएका हुन् । उनको एउटा हातमा गोली लागेको हंसपुरका कार्यपालिका सदस्य राजेश सक्सेनाले जानकारी दिए ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।...

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर [सूचनासहित]

समाचार
कैलाली - नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो । तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।...

यस्तो छ आजको मौसम

समाचार
धनगढी - आज देशभरको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा नै रहेको छ ।  नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ।...

एक वर्षे बीएडको विकल्पमा त्रिविले ल्यायो नयाँ कोर्ष

समाचार
कैलाली - त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ  कोर्षमा भर्ना हुनका लागि आह्वान गरेको छ । त्रिवि शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एक वर्षे बीएडको विकल्पमा ल्याएको सेमेप्टर प्रणालीमा आधारित अधिस्नातक तह (पीजीडी एजुकेशन) कोर्षमा भर्ना हुन आह्वान गरेको हो । कार्यालयले अधिस्नातक कोर्ष तीन सेमेष्टरको हुने जनाएको छ । डीन कार्यालयको अनुसार अधिस्नातक कार्यक्रम त्रिवि केन्द्रीय क्याम्पससहित देशभरका १३ क्याम्पसमा १४ वटा विषय पढाई हुनेछ । जुनसुकै विषय लिई स्नातक गरेका उत्तीर्ण विद्यार्थीले अधिस्नातक कार्यक्रममा भर्ना हुन पाउनेछन् । शैक्षिक सत्र २०८०/८१ बट शुरु हुन लागेको अधिस्नातक प्रथम सेमिस्टरमा भर्नाका लागि ६ पुसदेखि ११ माघसम्म आवेदन दिन सक्नेछन् । कार्यालयले १४ माघमा प्रवेश परीक्षा सञ्चालन हुने र २१ माघबाट कक्षा सञ्चालन हुने जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज