
धनगढी – कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर–७ स्थित पाउरोटी चोकबाट ८३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउका २६ वर्षीय शंकर खत्री शुक्रवार दिउँसो पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले खत्रीलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस्तै लम्कीचुहा नगरपालिका–५ चौरीबाट १७० मिलिग्राम लागूऔषधसहित सोही ठाँउ बस्ने १९ वर्षीय कमल रावललाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रावललाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।