Advertisement

Day: २०८० मंसिर ३०, शनिबार १२:४८

टिपरले ठक्कर दिँदा २ जना युवकको मृत्यु 

समाचार
कैलाली - दाङमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका-४ बाङ्गे का १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका-६ लुङ का १८ वर्षीय सागर केसी रहेका छन् । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुरतर्फ गइरहेका रा२प ५५८९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति सवा ९ बजे दाङको घोराही उपमहानगरपालिका-१० झारबैरा चोकमा ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बताए । प्रहरीले टिपर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका-९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिएको छ ।...
मष्टा गाउँपालिकामा सिकाइ आपुरण तथा द्रुत सिकाइ सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

मष्टा गाउँपालिकामा सिकाइ आपुरण तथा द्रुत सिकाइ सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

बझाङ, मुख्य समाचार
बझाङ : मष्टा गाउँपालिकामा सिकाइ अनुपरण तथा द्रुत सिकाइ सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम गरेको छ।कोभीड १९ जस्ता बिपदका कारण शिक्षा क्षेत्रमा परेको असरलाई मध्यनजर गरि शिक्षा तथा मानबस्रोत बिकास केन्द्र सानोठिमी भक्तपुरले तयार पारेको सिकाइ अनुपरण तथा द्रुत सिकाइ योजना (Real plan ) सम्बन्धि मष्टा गाउँपालिका भित्रका ३४ वटौ बिध्यालयका प्रधानाध्यापक र शिक्षा सङ सरोकार राख्ने निकायसङ गहन छ्लफल भएको छ। बिपदका कारण धरासायी बन्दै गएको शिक्षा क्षेत्रको बिकासका लागि आगामी दिनमा कसरी अगाडि बढ्ने बारे आर्ययोजना तयार पार्दै बृहत छलफल गरेको शिक्षा अधिकृत पृर्थुराज जोशीले बताउनु भयो । अभिमुखिकरण कार्याक्रमका अध्यक्ष मष्टा गाउँपालिकाका कार्यबाहक अध्यक्ष तथा वडा न ४ का अध्यक्ष उत्तम जोशी रहनु भएको थियो। उहाँले कार्याक्रममा बोल्दै : गुणस्तरिय शिक्षा बिना बिध्यार्थीको भबिस्यको सुनिश्चित नहुने बताए । ग...

बाजुरामा ट्याक्टर दुर्घटना : धनगढीका एक जनाको मृत्यु

समाचार
धनगढी - बाजुरामा ट्याक्टर दुर्घटना हुँदा धनगढीका एक पुरुषको मृत्यु भएको छ । बाजुराको बुढीगंगा नगरपालिका–१० रिठा खर्रा स्थित साँफे–मार्तडी राजमार्गमा साँफेबाट मार्तडी सदरमुकाम तर्फ जादै गरेको ट्राली नजोडेको ट्याक्टर रोडबाट अन्दाजी १०० मिटर तल खसेर शुक्रवार साँझ दुर्घटना भएको हो । दुर्घटना हुँदा कैलालीको धनगढी उपमहानगरपालिका–१९ फुलवारीका ४२ वर्षीय बिरसिंह चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले बताएको हो ।  घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बाजुरा प्रहरीले जनाएको छ ।...

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार
धनगढी - कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर–७ स्थित पाउरोटी चोकबाट ८३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउका २६ वर्षीय शंकर खत्री शुक्रवार दिउँसो पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले खत्रीलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस्तै लम्कीचुहा नगरपालिका–५ चौरीबाट १७० मिलिग्राम लागूऔषधसहित सोही ठाँउ बस्ने १९ वर्षीय कमल रावललाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।  रावललाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।...

यस्तो छ आजको मौसम 

समाचार
कैलाली -  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।...

राष्ट्रिय सभा चुनावका लागि १२ दल दर्ता

समाचार
कैलाली - माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने राष्ट्रिय सभा चुनावका लागि दल दर्ता गरेको छैन ।  निर्वाचन आयोगले आज शुक्रबारसम्मका लागि दल दर्ताको समय तोकेको थियो । राष्ट्रिय सभा चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन् । फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै पुस ११ गत...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज