
धनगढी – धनगढी ६ लेन सडकमा भारतीय नम्बरको गाडी दुर्घटना भएको छ ।
धनगढीको छ लेन सडक खण्डको भाट भटेनी अगाडी भारतीय गाडी गएराति दुर्घटना भई मिडियमा लगाएको तारजाली तोडीएका छन् ।
तारजालीसहित २० वटा पोल भाचेर निकै अगाडि पुगेको गाडी पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
मानवीय क्षति भने भएको छैन । एम एच ४ सी टी ९६५४ नम्बरको उक्त गाडी नियन्त्रणमा लिइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।