
धनगढी – कैलालीको एक घरमा आगलागी भएको छ ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर १, सडकपुरका ४२ वर्षीय धनीराम देवकेटाको घरमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार आगलागीबाट एक लाख ५० हजार बराबरको क्षति भएको छ।
विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो । दुई कोठे दुई तले घरमा लागेको आगोबाट खाद्यान्न, लत्ताकपडा लगाएतका सामान जलेका हुन् । घर पूर्ण रूपमा जलेको प्रहरीले बताएको छ ।