Advertisement

Day: २०८० मंसिर १९, मंगलवार २१:२४

हावाहुरी झैँ चलिरहेको राजनैतिक प्रणाली

हावाहुरी झैँ चलिरहेको राजनैतिक प्रणाली

कैलाली, विचार, सुदूरपश्चिम
कैलाली: हेमन्त बहादुर शाह, देशको राजनिती बुझ्ने भएदेखि धेरै राजनितीक एवम् विकासका किताबहरु पढेँ र थुप्रै राजनितीक आन्दोलनहरु ,बिचार, गोष्ठी, जनप्रतिनिधी र नेताहरुका भावना, आलोचना, विकास सम्वन्धि विचारहरुका बिषयमा बुझेँ । तर राजनितिलाई यसरी बुझेँकी जब आँधी हुरी आउँछ, तब वातावरणमा रहेका स्थिर तथा अस्थिर कमजोर वस्तुहरुलाई जसरी तहस नहस पार्छ,त्यस्तै नेपालको राजनिति पनि कमजोर जनताहरुलाई लालचमा फसाएर होस्, फकाएर होस् खोक्रा आदर्श र ईतिहासका कुरा गरेर होस,समृद्धिका कुरा गर्नुको सट्टा तहसनहरु पारेर उडीरहेको महशुस ‍गरेँ । सानै देखि सामान्य परिवारमा हुर्केको हुनाले सबै कुराहरुलाई जति गहनरुपमा बुझ्दै गएँ ,त्यति कुरामा १० प्रतिशत मात्र देश र जनतामा हितकार छन् नेपालमा । जति राजनितिहरुलाई भेट्छु,त्यतिनै स्वार्थगत,पार्टिगत,खोक्रा नितिगत कुराहरु सुन्छु र बुझ्छु धेरै नेताहरुले मलाई आफ्नो पर्टिमा आकर्षि...

एनसेल बिक्री शंकास्पद रहेको सत्तारुढ गठबन्धनको निष्कर्ष

समाचार
कैलाली - निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल किनबेच प्रकरणमा गम्भीर छानबिन गर्नुपर्ने निष्कर्ष सत्ता गठबन्धनले निकालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सत्ता गठबन्धनको बैठकले एनसेलको सेयर ब्रिकीबारे गम्भीर अध्ययन र छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेता लगायत अर्थमन्त्री, सञ्चारमन्त्री र कानुनमन्त्री लगायतसँग प्रधानमन्त्रीले छलफल गरेका थिए। उक्त बैठकमा सत्तारुढ गठबन्धनका नेताहरूले एनसेलको किनबेच नेपालको कानुनअनुकुल नरहेको, शंकास्पद कारोबार भएकोसहितका कुरा उठाएका थिए। लेखकका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि एनसेलको खरिदबिक्री पारदर्शी नभएको कुरा राखेका थिए। प्रधानमन्त्रीले एनसेल किनबेच हुँदा कानुनअनुसार नभएकोबारे आफ्नो धारणा प्रष...

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैद

समाचार
कैलाली - रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत छन् । यसअघि नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन् । साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् । नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २/२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । ...

कैलालीको एक घरमा आगलागी

समाचार
धनगढी - कैलालीको एक घरमा आगलागी भएको छ ।  बर्दगोरिया गाउँपालिका वडा नम्बर १, सडकपुरका ४२ वर्षीय धनीराम देवकेटाको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार आगलागीबाट एक लाख ५० हजार बराबरको क्षति भएको छ। विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो । दुई कोठे दुई तले घरमा लागेको आगोबाट खाद्यान्न, लत्ताकपडा लगाएतका सामान जलेका हुन् । घर पूर्ण रूपमा जलेको प्रहरीले बताएको छ ।...

नेप्सेमा दोहोरो अङ्कको गिरावट

समाचार
कैलाली - यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)  परिसूचक घटेको छ ।  आज नेप्से परिसूचक १० दशमलव १० अङ्कले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो । आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ बराबरको कारोबार भएको छ । आज जीवन बिमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ५७ र होटल तथा पर्यटन समूह एक दशमलव ७१ प्रतिशतले घटेको छ । सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विशालबजार कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा ...

एलपीएलमा आज : घोडाघोडी र शुक्लाफाँटा विजयी

समाचार
कैलाली - कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा मङ्गलबार घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन विजयी भएका छन् । समूह ‘सी’ अन्तर्गतको खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपश्चिमान्चल एकेडेमीलाई चार विकेटले पहरायो । प्रतियोगितामा सुदूरपश्चिमान्चलको यो दोस्रो हार हो । सुदूरपश्चिमले दिएको १११ रनको लक्ष्य घोडाघोडीले १६.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम एकेडेमीले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ११० रन बनाएको थियो । यस्तै समूह ‘ए’ को अर्को खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई ११२ रनले हरायो । शुक्लाफाँटाले दिएको १७७ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १५.१ ओभरमा ६४ रनमा समेटिएको थियो ।  यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको...

जाजरकोट पुगे ओली : जनार्दन शर्माले गरे स्वागत

समाचार
कैलाली - पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा निस्किएको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जाजरकोटको रिम्ना पुगेको टोलीलाई माओवादी नेता शर्माले स्वागत गरेका हुन् ।  ओलीलाई स्वागत गर्न शर्मा लाइनमै उभिएर बसेका थिए । शर्मा केही समयदेखि भूकम्प प्रभावितहरुको अस्थायी पुनर्स्थापनाका लागि त्यही क्षेत्रमा छन् ।...

बैतडीमा एक जना मृत फेला

समाचार
कैलाली - बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन् । डिलाशैनी गाउँपालिका–३ तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा मृत अवस्थामा फेला परेका हुन्। बोहरा मंगलबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

धनगढीमा प्रहरीका श्रीमतीलाई तालिम

समाचार
धनगढी - कैलालीको धनगढीमा प्रहरीका श्रीमतीका लागि सिलाइ कटाई तालिम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा श्रीमती संघले तीन महिने तालिमको आयोजना गरेको हो । नेपाल प्रहरी, श्रीमती संघ, सुदूरपश्चिमले २४ महिलालाई तीन महिने सिलाइ कटाई तालिम दिन सुरु गरेको नेपाल प्रहरी, श्रीमती संघकी सदस्यसमेत रहेकी प्रशिक्षक गीता देवी थलालले जानकारी दिइन् । उनका अनुसार धनगढीमा उनीहरूलाई आत्मनिर्भर बनाउन तालिम दिन थालिएको हो । तीन महिने सिलाइ कटाई तालिममा २४ जना महिला सहभागी छन् ।...

दार्चुलामा जेठाजुको कुटाइबाट बुहारी घाइते

समाचार
कैलाली - दार्चुलामा जेठाजुको कुटाइबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।  नौगाड गाउँपालिका–१ कसाड बस्ने ३० वर्षीया वसन्ती ठगुन्नालाई जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गर्दा गम्भीर घाइते भएकी हुन् । मङ्सिर १५ गते राति वसन्तीलाई जेठाजु जयरामले टाउकोमा हानेपछि उपचारका लागि मङ्सिर १६ गते जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला अस्पतालमा वसन्तीको उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी  रेफर गरिएको हो । कुटपिटमा संलग्न जयरामलाई पक्राउ गर्न दल्लेख प्रहरी चौकीबाट प्रहरी टोली खटाएको छ । जयराम पूर्वनेपाली सेनामा कार्यरत रहेको बताइएको छ । फरार रहेका जयरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...

सुदूरपश्चिमका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच भेटवार्ता भएको छ । मंगलबार मुख्यमन्त्री शाहले इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका नेपालका १० जना विद्यार्थीको परिवारलाई राहत उपलब्ध गराउन राजदूतलाई आग्रह गरेका छन्।  मृतकका अभिभावकलाई भेट गर्न पनि मुख्यमन्त्रीले राजदूतलाई मुख्यमन्त्री शाहले आग्रह गरेका हुन् । ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको डेढ महिना अगाडि हमास आक्रमणबाट ज्यान गएको थियो ।  हमासले बन्दी बनाएर लगेको कञ्चनपुरका विपिन जोशीको तत्काल उद्धार र परिवारलाई राहतका लागि पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।...

आज विश्व माटो दिवस मनाइँदै

समाचार
कैलाली – आज विश्व माटो दिवस, ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) लगायतको संयुक्त साझेदारीमा नेपालमा विश्व माटो दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गएको मङ्सिर १६ गतेदेखि नै कार्यक्रम गर्दै आएको छ । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज