कैलाली - कैलालीको धनगढीमा रहेको साइनो एजुकेसनले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ ।
साइनो एजुकेशनले एक सूचना जारी गर्दै विभिन्न पाँच विषयवस्तु मध्ये कुनै एक विषयमा ३ देखि ५ मिनेटसम्मको भिडियो बनाउन सकिने जनाइएको छ ।
वर्गीकरण गरिएका विषयवस्तु मध्य पहिलोमा कोरियन, जापनीज र अङ्ग्रेजी भाषा दोस्रोमा टिउसन कक्षा : एसइइ प्याकेज, प्लस टू र ब्याचलर त्यस्तै तेस्रोमा कम्प्युटर, ब्रीज कोर्स, आइ. ई. एल. टि. एस. (IELTS), रहेका छन् ।
चौथोमा नेपाल आर्मी, ससस्त्र प्रहरी बल (APF), नेपाल पुलिसको लिखित परीक्षाको तयारी कक्षा, लोक सेवा आयोग, शिक्षक सेवा आयोग र पाँचौमा बैंकिङ तयारी कक्षाहरुमध्ये कुनै एक विषयमा लघु चलचित्र निर्माण गरी प्रतियोगितामा सहभागीता जनाउन सकिने जनाइएको छ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले भिडियो सभ्य, शिष्ट, शालीन भाषामा बनाउनु पर्ने, साइनो एजुक...