
कैलाली – बैतडी जोड्ने कर्कले पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रिज भासिएपछि ठूला सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।
चमेलिया जलविद्युत् आयोजनाले सूचना निकालेर पुलको दार्चुलातर्फको मुख्य पिल्लर भएको ठाउँमा जमिन भासिएको जनाएको छ ।
पुल भासिएको ठाउँमा स्थलगत अध्ययन गरिएको र पुलको पिल्लर भासिएकाले मर्मत नहुँदासम्म पुलबाट आवतजावत गर्न जोखिम रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।