Advertisement

Day: २०८० मंसिर १०, आईतवार २१:०३

केएमसीमा ‘बीबीएम फेस्ट’मा स्टलको लागि आवेदन खुला 

समाचार
धनगढी - धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा 'बीबीएम फेस्ट' अन्तर्गत स्टलको लागि आवेदन खुला गरिएको छ । उक्त फेस्ट अन्तर्गत मंसिर १३ र १४ गते स्टल राखिने भएकाले केएमसीमा अध्ययनरत व्यक्ति वा समूहले आफ्नो आइडियासहित स्टल राख्नका लागि आवेदन खुला गरिएको हो ।  स्टल राख्न सकिने क्षेत्रहरुमा वीजनेस आइडिया, टेक्नोलोजी एण्ड इनोभेसन, आर्टस एण्ड लीट्रेचर, खेल र फूड आइटम रहेका छन् । आवेदनका लागि अन्तिम मिति मंसिर ११ गतेसम्म तोकिएको आयोजकले जनाएको छ ।  आवेदनका लागि ९८६५८४७११७ र ९७४९८००९७७ मा फोन गर्न सकिनेछ । त्यस्तै क्याम्पसमा रहेको बीबीएम विभागमा पनि सम्पर्क गर्न सकिने जनाइएको छ । सिर्जनशीलता, नवीनता, स्थानीय परिकार र मौलिकतालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।...

बझाङमा जीप दुर्घटना हुँदा दुई जना घाइते

समाचार
बझाङ - बझाङमा जीप दुर्घटना भएको छ। जिल्लाको छविसपाथिभेरा  गाउँपालिका–७ मा आज सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन्।  घाइते भएका दुबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।...

ग्रिसमा १४ जना सवार मालवाहक जहाज समुद्रमा डुब्यो

समाचार
कैलाली - ग्रिसको एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको छ । जहाजमा रहेका १४ जना मानिस हराइरहेका ग्रिसका तटरक्षकले बताएका छन् ।  नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक जना सदस्यलाई भने उद्धार गरेको छ । जहाज नुनले भरिएको थियो । हराइरहेका चालक दलका सदस्यहरूमा दुई जना सिरियाली, चार जना भारतीय र आठ जना इजिप्टका नागरिक रहेका छन् ।  डुबेको जहाज र हराइहेकाहरूको खोजी भइरहेको एएफपीले जनाएको छ । ग्रिसको तटीय क्षेत्रमा हिजो आएको आँधीका कारण कैयौँ जहाज प्रभावित भएका थिए । ग्रिसको राष्ट्रिय मौसम विज्ञान सेवाले आपत्कालीन मौसमको चेतावनी जारी गरेको छ ।...

कञ्चनपुरमा नौँ लाख बढीको अवैध सामान बरामद

समाचार
कञ्चनपुर - कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ।  भीमदत्त नगरपालिका–६ बाट भारतबाट भन्सार छलि गरि लुकाई राखेको अवस्थामा प्रहरीले सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी ९ लाख ५४ हजार ७ सय मुल्य बराबरका कपडा, चिनि, दाल, मिश्री, मसला, मिठाई, चकलेट लगाएतका विभिन्न खाद्यान्नका सामानसहित कपडा बरामद गरेको हो।  बरामद गरेका सामान भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।...

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

समाचार
धनगढी - कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरबाट ३ सय १० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन्।  लम्कीचुहा नगरपालिका–९ का ३४ वर्षीय साजित चौधरी शनिबार राति लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।...

झन्डै ४८ अङ्कले बढेर शेयर बजार हरियाली

समाचार
कैलाली – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४७ दशमलव ७५ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ९५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज छ्याङ्दी हाइड्रो, भगवती हाइड्रो र विजय लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।  यस्तै सात वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन आज इन्फिनिटी लघुवित्त र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को शेयर साढे दुई प्रतिशतले घटेको छ । बजारसँगै आज कारोबार रकम पनि बढेको छ । ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब एक करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । यो पछिल्लो साढे महिनायताकै उच्च हो । गएको भदौ ३१ गतेयता कारोबार रकम दुई अर्ब रुपैयाँ पुग्न सकेको थिएन । आज सबैभन्दा ...

सुन पसलको ताला काट्दै गर्दा एक बालक पक्राउ

समाचार
कैलाली - पोखरामा शनिबार राति एक सुन पसलको ताला काट्दाकाट्दै बालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपा गाउँपालिकाका १८ वर्षीय एक बालक छन्। राति करिब १२ बजेको समयमा पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा ती बालक पक्राउ परेका थिए। उनलाई सिभिआर चिप्लेढुंगा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। ती बालकबाट २ थान हेक्सा ब्लेड र एक थान काटिसकेको तालासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए। चोरी उद्योग मुद्दामा उनलाई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।...

दार्चुला–बैतडी जोड्ने कर्कले पुलमा ठूला सवारीसाधन चलाउन रोक

समाचार
कैलाली - बैतडी जोड्ने कर्कले पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ ।  दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रिज भासिएपछि ठूला सवारीसाधनको आवागमनमा रोक लगाइएको हो । चमेलिया जलविद्युत् आयोजनाले सूचना निकालेर पुलको दार्चुलातर्फको मुख्य पिल्लर भएको ठाउँमा जमिन भासिएको जनाएको छ । पुल भासिएको ठाउँमा स्थलगत अध्ययन गरिएको र पुलको पिल्लर भासिएकाले मर्मत नहुँदासम्म पुलबाट आवतजावत गर्न जोखिम रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  ...

एनएसएलमा आज वीरगञ्ज युनाइटेड र धनगढी खेल्दै

समाचार
कैलाली - नेपाल सुपर लिग (एनएसएल) मा आज एउटा खेल हुँदैछ।  आज साँझ साढे ५ बजे नवप्रवेशी टोली वीरगञ्ज युनाइटेड एफसी र गएको संस्करणको उपविजेता धनगढी एफसी खेल्ने छन्। खेल दशरथ रङ्गशालामा हुनेछ। एनएसएलमा साविक विजेता काठमाण्डौ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी शुरुवात गरेका छन् । उनीहरुको तीन अङ्क छ। एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन्।...

डडेल्धुराको भागेश्वरमा आज ‘धुरा जाँत’ मनाइदै : पालिकामा सार्वजनिक बिदा 

समाचार
डडेल्धुरा - डडेल्धुराको भागेश्वर गाउँपालिकास्थित भागेश्वर मन्दिरमा आज राति मेला लाग्ने भएको छ । भागेश्वर गाउँपालिका–२ स्थित भागेश्वर मन्दिरमा लाग्ने उक्त मेला धुरा जाँतका नामले पनि प्रसिद्ध छ।  समुद्री सतहदेखि २ हजार बढी मिटर अग्लो महाभारत पहाडमा रहेको उक्त मन्दिर सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक क्षेत्र हो।  भागेश्वर देवताको दर्शन गर्न सुदुरपश्चिमका नौं वटै जिल्ला लगायत भारतको कमाउ गडवाल बाट पनि धर्मालम्बी आउने गर्दछन्। यस्तै आज राति परेको मेलाका लागि भागेश्वर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। गाउँकार्यपालिकाको भदौ १८ गतेको निर्णयानुसार भागेश्वर गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।...

सुदूरपश्चिमका ६ सहित २६ प्रहरी सम्पर्क विहीन 

समाचार
कैलाली - सुदूरपश्चिमका ६ सहित सम्पर्क विहीन भएका २६ प्रहरीलाई सात दिन भित्र सम्पर्कमा आउन भनिएको छ। लामो समयदेखि सम्पर्कमा नआएका प्रहरीको विभिन्न पदमा कार्यरत २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना निकालेको हो। प्रहरीको प्रधान कार्यालयले आज निकालेको सूचनामा विभिन्न पदमा कार्यरत रही सम्पर्कविहीन भएका २६ जनालाई ७ दिनभित्र हाजिर हुन भनिएको छ। आफूखुसी कार्यालयमा गैरहाजिर रहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालयले खोजी गरेको हो। पहिलो पटक सूचना जारी गर्दा हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुनेबारेको सार्वजनिक सूचना निकालेको हो ।बाटोको म्यादबाहेक ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर नभएमा सेवाबाट हटाउने सूचनामा उल्लेख छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज