
कैलाली – एमालेको भातृ संगठन युवा संघले काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुस निकालेको छ ।
बुधबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा युवा संघका कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् ।
युवा संघले बिहीबार ‘सरकार र अराजकतावादीविरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शन’ राखेको छ। उक्त कार्यक्रम युवा संघले बिहीबार तीनकुनेमा गर्दैछ।
उक्त कार्यक्रमको पूर्वसन्ध्यामा युवा संघले जुलुस निकालेको हो।

