Advertisement

Day: २०८० मंसिर ६, बुधबार १९:०४

धनगढीमा कार्यालय खोलेरै अनलाइन ठगी गर्ने ९ जना ह्याकर पक्राउ 

समाचार
धनगढी - धनगढीमा प्रहरीले ९ जना ह्याकरलाई नियन्त्रणमा लिएको छ। आज (बुधबार) सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले ह्याकरको समूहलाई नियन्त्रणमा लिएको हो। उनीहरूले धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक एक घरमा फ्ल्याट भाडामा लिएर कार्यालय नै खोलेर अनलाइन ठगी गर्ने, बैंक अकाउन्ट ह्याक गर्ने गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुको परिचय भने खुल्न बाकी छ। यस्तै उनीहरूको साथबाट १० वटा ल्यापटप पनि बरामद गरिएको बुझिएको छ। यस्तै घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ।...

एमालेको संकल्प यात्रा बैतडीबाट सुरु हुने

समाचार
कैलाली - नेकपा एमालले बैतडीको झुलाघाटबाट संकल्प यात्रा सुरु गर्ने भएको छ।  एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको हो। बुधवारको केन्द्रीय कमिटी बैठकले उक्त पदयात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको एमालले बताएको छ। यात्राको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले १४ मंसिरको विहान साढे ८ बजे बैतडीको झुलाघाटमा गर्ने कार्यक्रम तय भएको छ। यात्राको समापन भने पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरूसहित हुनेछ। २१ दिनसम्म चल्ने पदयात्राको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन् भने केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरू टोलीमा रहनेछन्।...

नेपाल प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा 

समाचार
कैलाली - नेपाल प्रहरीका पाँच एसपी एसएसपीमा बढुवा भएका छन्। बढुवा भएकालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार दर्ज्यानी चिह्न प्रदान गरेका छन्। गत २४ कात्तिकको बढुवा समितिको सिफारिसअनुसार मंगलबार पाँचजनाको बढुवा भएको हो। जसमा वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई छन्। कार्यक्रममा बोल्दै महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई उत्कृष्टताका साथ निर्वाह गर्न निर्देशन दिएका छन्।  संगठनप्रति बफादार, इमानदार र निष्ठावान भएर काम गर्ने हरेक प्रहरी कर्मचारीहरूलाई संगठनले उचित तवरले मूल्यांकन गरेको चर्चा गर्दै संगठनको नीतिअनुरूप सम्पूर्ण प्रहरी कर्मचारीहरूको समस्या र गुनासो सम्बोधन गर्दै व्यवस्थापन गर्न संगठन क्रियाशील रहेको उनले बताए।...

काठमाडौंमा युवा संघले निकाल्‍यो राँके जुलुश

समाचार
कैलाली -  एमालेको भातृ संगठन युवा संघले काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुस निकालेको छ । बुधबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा युवा संघका कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् । युवा संघले बिहीबार ‘सरकार र अराजकतावादीविरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शन’ राखेको छ। उक्त कार्यक्रम युवा संघले बिहीबार तीनकुनेमा गर्दैछ। उक्त कार्यक्रमको पूर्वसन्ध्यामा युवा संघले जुलुस निकालेको हो।...

ऋतिक रोशन बने भारतका दोस्रो धनी अभिनेता

समाचार
कैलाली - बलिउड अभिनेता ऋतिक रोशन भारतको दोस्रो धनी अभिनेता बनेका छन्।  ऋतिकसँग धेरै सम्पत्ति रहेको खुलासा भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिकसँग ४१० मिलियन डलर (३४ अर्ब १७ करोड भारू) रहेको छ। उनी एउटा फिल्मको ७५ देखि १०० करोड भारू पारिश्रमिक लिन्छन्। उनी एक विज्ञापन गरेको १० देखि १२ करोड भारू लिन्छन् भने सामाजिक सञ्जालमार्फत प्रमाेशनल भिडिओ हालेको ४-५ करोड भारू पारिश्रमिक लिन्छन्।  उनीसँग आफ्नै कम्पनी छ। स्पोर्ट वियर क्लोदिङ ब्रान्ड, एचआरएक्सका मालिक हुन् उनी। यो कम्पनीको मूल्य २०० करोड भारू रहेको छ।  उनको दुई पेटहाउस पनि छ। एकको मूल्य ९८ करोड भारू छ भने अर्कोको ६७ करोड छ। उनीसँग ३ करोडको डिजाइनर भ्यानिटी भ्यान छ। उनले अभिनय गरेका फिल्महरू प्राय हिट छन्। यतिबेला उनी फिल्म 'फाइटर' को तयारीमा छन्। भारतको पहिलो धनी  अभिनेता शाहरूख खान हुन् ।...

डोटीमा १७ वर्षीया किशोरीमाथि सामूहिक करणी, तीन जना पक्राउ

समाचार
कैलाली - डोटीमा एक किशोरीमाथि सामूहिक करणी भएको छ। जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर २ का तीन युवक सामूहिक करणीको आरोपमा पक्राउ परेका छन्।  पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामी रहेको प्रहरीले बताएको छ। उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ। घटना १ गतेको भएपनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीनै जनालाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएको हो।...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

समाचार
कैलाली - राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । बुधबार बिहान शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण समेत गराएका थिए ।...

अष्ट्रियासँग २-० ले जर्मनी पराजित

समाचार
कैलाली - अर्को वर्ष युरो कप आयोजना गर्ने तयारीमा रहेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार बेहोरेको छ । भियानास्थित एर्न्स्ट हापेल स्टेडियममा भएको खेलमा जर्मनी घरेलु टोली अष्ट्रियासँग २-० ले पराजित भयो । अष्ट्रियाले दुवै हाफमा एक/एक गोल गरेको थियो । जर्मनीका लरेय साने रातो कार्ड खाँदै मैदान बाहिरिए ।  खेलको २९औं मिनेटमा मार्सेल सबितजरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए ।  ४९औं मिनेटमा साने रातो कार्ड खाँदै मैदान बाहिरिएपछि जर्मनी दश खेलाडीमा समेटियो । अष्ट्रियाका लागि क्रिस्टोफ बाउमगार्टनरले ७३औं मिनेटमा दोस्रो गोल गरे । सेप्टेम्बरमा मुख्य प्रशिक्षक बनेका जुलियन नागेल्सम्यानको लागि यो लगातार दोस्रो हार हो । यसअघि शनिबार जर्मनी टर्कीसँग ३-२ ले पराजित भएको थियो । नागेल्सम्यानले आफ्नो टिमले राम्रो प्रदर्शन गर्न नसकेको र अझै धेरै सुधार गर...

कैलारीको गोबरैला घाटमा दश हजार भुर्रा छोडियो 

समाचार
धनगढी - कैलालीको कैलारी गाउँपालिका–५ मा रहेको मोहना नदिको गोबरैला घाटमा मत्स्य विकास निर्देशनालय गेटाले मंगलवार दश हजार माछाको भुर्रा छोडेको छ।  विश्व मत्स्य दिवसको अवसरमा निर्देशनालयले मोहनामा माछाको भुर्रा छोडेको हो। सुदूरपश्चिम प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री रामेश्वर चौधरीले माछाका भुरा छोडेका हुन्।  मत्स्य विकास कार्यक्रमका सम्भाव्यता अध्ययन अनुसार कैलालीमा जलासय क्षेत्रफल दुई सय ५४ हेक्टर रहेकोमा एक सय तीन हेक्टर मात्र प्रयोगमा आएको जनाएको छ। ...

हमासले ५० जना बन्धक रिहा गर्ने, इजरायलले ४ दिन युद्ध रोक्ने

समाचार
काठमाडौं - इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । उक्त जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको हो ।  प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यसअनुसार ५० बन्धक (महिला र बच्चासमेत)चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइ रोकिने छ ।’ हमासले पनि मानवीय सहायताका लागि युद्ध विराममा सहमति भएको जनाएको छ । यस सहमतिका लागि मध्यस्थता गरेको भन्दै हमासले कतार र इजिप्टप्रति आभार व्यक्त गरेको छ ।...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

समाचार
कैलाली — हात्तीले कुल्चिँदा झापामा एक जना भुटानी शरणार्थीको मृत्यु भएको छ।   दमक नगरपालिका -३ बेल्डाँगीको भुटानी शरणार्थी  शिविर सेक्टर बीटु बस्ने ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।    स्थानीय हम्से दुम्से सामुदायिक वनभित्र दाउरा काट्न गएका उनी बेलुकासम्म घर नफर्कीएपछि खोजतलास गर्दै जाँदा मंगलबार राति ९ बजे जंगलभित्र शव फेला परेको प्रहरीले जनाएको छ।  उनलाई दिउँसोतिरै हात्तीले आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ। मृतकको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज