
धनगढी – कैलालीको कैलारी गाउँपालिका–५ मा रहेको मोहना नदिको गोबरैला घाटमा मत्स्य विकास निर्देशनालय गेटाले मंगलवार दश हजार माछाको भुर्रा छोडेको छ।
विश्व मत्स्य दिवसको अवसरमा निर्देशनालयले मोहनामा माछाको भुर्रा छोडेको हो।
सुदूरपश्चिम प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री रामेश्वर चौधरीले माछाका भुरा छोडेका हुन्।
मत्स्य विकास कार्यक्रमका सम्भाव्यता अध्ययन अनुसार कैलालीमा जलासय क्षेत्रफल दुई सय ५४ हेक्टर रहेकोमा एक सय तीन हेक्टर मात्र प्रयोगमा आएको जनाएको छ।

