धनगढी । धनगढीको स्वस्तिक अस्पतालमा शुक्रवार एक बिरामीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार अस्पतालमा उपचाररत बिरामी महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियाकी ६६ वर्षीया जमुना देउवाको उपचारका क्रममा मृत्यु भएको हो ।
मुखबाट रगत आउने समस्या देखिएपछि दुई दिन अघि देउवालाई उपचारका लागि स्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहानसम्म जमुनाको अवस्था सामान्य रहेको थियो तर दिउँसो १२ बजेतिर ईन्डोस्कोपि गर्ने क्रममा अचानक मृत्यु भएको आफन्तले बताएका छन् ।
जमुनाको मृत्यु भएपछि हिजो नै अपराह्न ३ बजेबाट अस्पतालका मान्छे र मृतकका आफन्तहरुसहित सुरक्षाकर्मी बसेर छलफल थालेका थिए ।उक्त छलफलमा आफन्तले चिकित्सकको लापरबाहीले जमुनाको मृत्यु भएको आरोप लगाए पनि राति साढे १० बजेतिर भने उपचार खर्च मिनाहा गर्नेसहितको सहमति गरिएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले बिरामीको मृत्यु भएपनि अस्पताल र आफन्तबीच सहमती भएर शव बुझेर लगेको बुझिएको बताए ।
स्वस्तिक अस्पतालमा यसअघि पनि उपचारका क्रममा एक जना बिरामिको मृत्यु भएको थियो ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३