Advertisement

Day: २०८० मंसिर २, शनिबार २१:०६

शुक्रबार राति भएको आगलागीको मन्त्री देउवाद्वारा निरीक्षण ।

शुक्रबार राति भएको आगलागीको मन्त्री देउवाद्वारा निरीक्षण ।

समाचार
धनगढी:  शुक्रबार राति भएको आगलागीको सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले निरीक्षण गरेका छन्। धनगढीको सारथि अस्पताल सहित अन्य पसलमा भएको आगलागीको क्षतिको पीडितबाट मन्त्री देउवाले जानकारी लिएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री देउवाले सारथी अस्पताल, गरिमा पोलिक्लिनिक, सुदिक्षा इन्टरप्राइजेज, भट्ट सप्लायर्स, भण्डारी सु सेन्टर, भण्डारी जनरल स्टोर, मधुमाला कलेक्सन, सुदिक्षा बेबीसप र खाद्य तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा भएको क्षतिको अवलोकन गरेका हुन् . अवलोकनका क्रममा पीडित व्यवसायीहरूसँग कुराकानी गर्दै अस्पताल जस्तो ठाउँमा भएको क्षतिमा आर्थिक सहयोग गर्न मन्त्रिपरिषद्मा छलफल गर्ने मन्त्री देउवाले बताएका छन्। शुक्रबार राति १ बजे विद्युत सर्ट हुँदा भएको आगलागीमा करिब १८ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।...

रिहाइका लागि पहल गरिदन विपिनका आमाबुबाले भेटे परराष्ट्रमन्त्री

समाचार
कैलाली - कञ्चनपुरका विपिन जोशीका बुबाआमाले ४३ दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन् । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले उक्त आग्रह गरेका हुन् ।  भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए । भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिएका छन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गएकाे भदौ २७ गते इजरायल गएका थिए ।  गएकाे असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । वि...
धनगढीको स्वस्तिक अस्पतालमा बिरामीको मृत्यु, रातारात मिलापत्र !

धनगढीको स्वस्तिक अस्पतालमा बिरामीको मृत्यु, रातारात मिलापत्र !

समाचार
धनगढी । धनगढीको स्वस्तिक अस्पतालमा शुक्रवार एक बिरामीको मृत्यु भएको छ । प्रहरीका अनुसार अस्पतालमा उपचाररत बिरामी महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियाकी ६६ वर्षीया जमुना देउवाको उपचारका क्रममा मृत्यु भएको हो । मुखबाट रगत आउने समस्या देखिएपछि दुई दिन अघि देउवालाई उपचारका लागि स्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहानसम्म जमुनाको अवस्था सामान्य रहेको थियो तर दिउँसो १२ बजेतिर ईन्डोस्कोपि गर्ने क्रममा अचानक मृत्यु भएको आफन्तले बताएका छन् । जमुनाको मृत्यु भएपछि हिजो नै अपराह्न ३ बजेबाट अस्पतालका मान्छे र मृतकका आफन्तहरुसहित सुरक्षाकर्मी बसेर छलफल थालेका थिए ।उक्त छलफलमा आफन्तले चिकित्सकको लापरबाहीले जमुनाको मृत्यु भएको आरोप लगाए पनि राति साढे १० बजेतिर भने उपचार खर्च मिनाहा गर्नेसहितको सहमति गरिएको बुझ...

गायिका कोमल ओलीलाई मातृ शोक

समाचार
कैलाली - चर्चित गायिका, एमाले नेतृ तथा पूर्वराष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृ शोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो ।  उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो । दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् ।...

रुसले लुम्बिनीमा बौद्ध मन्दिर निर्माण गर्दै

समाचार
भैरहवा - बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो । रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउण्डेशन र रुसका बौद्धमार्गीहरूको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण सुरु भएको हो । रुसी गुम्बा नेपालका संयोजक ई. प्रवीण गौचनका अनुसार लुम्बिनी क्षेत्र विकास कोष भित्र रहेको एक बिघा क्षेत्रफल जमिनमा रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भई सन् २०२५ मा निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ ।  रसियन राजदूत असेक्सेई नोभिकोभले एक समारोहकाबिच रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुङ्गासहित आएको भिक्षुहरूको बौद्ध पाठपरायणसहित मन्दिर निर्माणको शिलान्यास गरेका हुन् । त्यस अवसरमा रसियाबाट...

साइबर क्राइम मुद्दामा एक किशोर पक्राउ

समाचार
कैलाली - नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापाको कमल गाउँपालिका– १ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुनविपरीतका क्रियाकलाप पोस्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। रिजालका अनुसार झिलझिले इलाका प्रहरी कार्यालयमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्षसमेत रहेका बताइएको छ। उनको नक्कली फेसबुक आइडीका विषयमा प्रहरीले विस्तृत जानकारी भने दिएको छैन।...

कञ्चनपुरमा दुई लाख नगदसहित ८ जुवाडे पक्राउ

समाचार
धनगढी - कञ्चनपुरमा जुवा खालबाट नगदसहित ८ जना पक्राउ परेका छन्। शुक्रबार भीमदत्त नगरपालिका वडा नम्बर ६ एठपुरस्थित पारस भट्टको राइस मिलबाट उनीहरु पक्राउ परेका हुन्। चन्द्रवेद राइस मिलबाट २  लाख ८ हजार चार सय २६ रुपैयाँसहित ८ जना पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।  शुक्रवार राति जुवाखालबाट पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ बस्ने नरेन्द्र बिष्ट, पारस भट्ट, खेमराज लेखक, नरेन्द्र जोशी, भीमदत्त नगरपालिका–४ बस्ने दामोदर भट्ट, भीमदत्त नगरपालिका–१० बस्ने दिपक गिरी, भीमदत्त नगरपालिका–८ बस्ने सुरत खत्री र वेदकोट नगरपालिका–१० बस्ने तिलक बैज रहेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ।...

अत्तरियामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु

समाचार
धनगढी - कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।  शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ ख ९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका–२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका–१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।...

बैतडीमा जिप दुर्घटना : एकको मृत्यु, पाँच घाइते

समाचार
कैलाली - बैतडीमा जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ घोडेधारमा शनिवार बिहान से १ त ६०३ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटना हुँदा दोगाडाकेदार गाउँपालिका वडा नम्बर ८ का अमर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । दुर्घटनाबाट अन्य पाँच जना घाइते भएका छन्। उनीहरूको परिचय खुलेको छैन। घटनाको पूर्ण विवरण आउने बाँकी रहेको प्रहरीले बताएको छ।...

गाउँपालिका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट बालिका घाइते

समाचार
धनगढी - कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट बालिका घाइते भएकी छन्।  गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर)ले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ५२८ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको हो। इलाका प्रहरी कार्यालय, सुखडका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुन्दरपुरमा ७ वर्षीष मेनुका भण्डारीलाई गाडीले ठक्कर दिएको छ। उनी घाइते भएकी छन्।  बालिकाको खुट्टामा चोट लागेको छ। गाउँपालिकाका अध्यक्ष उपाध्याय भने गाडीमा सवारी थिएनन्। शनिवारको दिन पनि चालक रेशम आर्चायले सरकारी गाडी चलाएको पाइएको प्रहरीले बताएको छ। बालिकाको घोडाघोडी अस्पताल सुखडमा उपचार जारी छ भने चालक प्रहरीको नियन्त्रणमा छन्।...

आजदेखि रास्वपाको घरदैलो कार्यक्रम

समाचार
कैलाली - आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो कार्यक्रम गर्ने भएको छ । निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रम गर्न लागेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कार्यक्रमका क्रममा जनताका सुझाव र गुनासा सुन्ने उनले बताए । प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् । समानुपातिक तर्फका आफ्नो जिल्ला केन्द्रित भएर कार्यक्रम तय गर्ने सहमहामन्त्री बुर्लाकोटीले बताए ।...

धनगढीमा भिषण आगलागी 

समाचार
धनगढी धनगढीमा ठूलो आगलागी भएकाे छ।  शनिबार राती १ बजे धनगढी उपमहानगरपालिका १ मा  आगलागी भएकाे हाे।  धनगढी १ मा रहकाे सारथी अस्पताल नजिक दल बहादुर भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर(जुत्ताचप्पलको होलसेलको गोदाम)मा विद्युत तार सर्ट हुँदा आगलागी भएकाे जनाइएको छ।  तार सर्ट भई आगलागी हुँदा निम्न पसल तथा अस्पतालमा क्षति भएकाे छ।  १) दल ब.भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर एण्ड सु-सेन्टर (जुत्ता चप्पलको होलसेल  गोदाम)  २) टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप(बेवी सपको गोदाम) ३) बासुदेव भट्टले संचालन गरेको भट्ट सपिङ्ग सेन्टर(ब्याग हाउस)  ४) जगत बहादुर बलायरले संचालन गरेको सुभिक्षादेवी सपिङ् सेन्टर (कपडाको गोदाम) ५) यसोदा साउदले संचालन गरेको न्यु सदिक्षा ईन्टरप्राईजेजी(कपडा,जुत्ता,व्यागको गोदाम) ६) गौरी भण्डा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज