
कैलाली – चर्चित गायिका, एमाले नेतृ तथा पूर्वराष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृ शोक परेको छ ।
उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो ।
उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् ।
हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।
दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।
दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् ।