Advertisement

रुसले लुम्बिनीमा बौद्ध मन्दिर निर्माण गर्दै

Advertisement

भैरहवा – बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।

रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउण्डेशन र रुसका बौद्धमार्गीहरूको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण सुरु भएको हो ।

रुसी गुम्बा नेपालका संयोजक ई. प्रवीण गौचनका अनुसार लुम्बिनी क्षेत्र विकास कोष भित्र रहेको एक बिघा क्षेत्रफल जमिनमा रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भई सन् २०२५ मा निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ । 

रसियन राजदूत असेक्सेई नोभिकोभले एक समारोहकाबिच रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुङ्गासहित आएको भिक्षुहरूको बौद्ध पाठपरायणसहित मन्दिर निर्माणको शिलान्यास गरेका हुन् ।

त्यस अवसरमा रसियाबाट आएका बौद्ध भिक्षु लामाहरू बुँदा बदमाएफ, जम्बालभ छिरिगंछाप, नान्जतोफ रिचेलाभ, चिल्गासेफ रमनले विशेष बौद्ध पाठपरायण गरेका थिए । नेपालको सिई कन्स्ट्रक्सनले साढे दुई तले मन्दिर निर्माण सुरु गरेको छ । 

रुसी दूतावासमार्फत लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता सम्पन्न भई हाल सन् २०२३ मा निर्माण सुरु भएको हो । जहाँ रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचनाको डिजाइन गरिएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै रसियन राजदूत नोभिकोभले नेपाल रसियामैत्री सम्बन्धमा संस्कृति आदान प्रदान गर्ने उद्देश्यसहित बुद्ध जन्मभूमिको जमिनमा रसियन गुम्बाको निर्माण सुरु गरेको बताए । 

उनले राजदूतले नेपाल रसिया सम्बन्धमा लुम्बिनीको ‘रुसी बौद्ध मन्दिर’ कोसेढुङ्गा साबित बन्दै भावी पिँडीका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

शिलान्यास समारोहमा रुस–नेपाल मैत्री समाजका उपाध्यक्ष दिनानाथ राज भण्डारीले दुई देशबिच द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने यो प्रयास संस्कृति संरक्षणमा बुद्धभूमि नेपालको पहिचान थप उजागर बनेको स्पष्ट पारे । 

रुसी बौद्ध समाजका अध्यक्ष अलेक भयासिलोले मन्दिर निर्माणले नेपाल संसारभर शान्ति स्रोत राष्ट्र बन्न सक्ने बताए ।

लुम्बिनी विकास कोषका अनुसार ४० वटा देश तथा संघसंस्थासँग संरचना निर्माणका लागि सम्झौता भएको हो । झण्डै १२ प्रतिशत जनसङ्ख्या बौद्धमार्गी भएको मुलुक रुसले अबको दुई वर्षमा मन्दिर निर्माण सम्पन्न गर्ने जनाएको छ ।

– गोरखापत्रबाट

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

बझाङ- बझाङको थलारा गाउँपालिकामा खोज तथा उद्वार सामाग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा तय...
रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरम (तमिलनाडु)। दक्षिण भारतको प्रसिद्ध धार्मिक स्थल रामेश्वरम मन्दिर नजिकै रहेको ‘श्री जगदम्बा नेपाली धर्मशाला’ अहिले जीर्...
केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गा...
कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ...
कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाण्डौ– कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आज एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वा...
बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सा...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज