Advertisement

Day: २०८० कार्तिक २८, मंगलवार २०:३५

कञ्चनपुरबाट ३ लाख बढी नगदसहित ४२ जना जुवाडे पक्राउ

समाचार
धनगढी – कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो । सोमवार राति २ बजे विशेष सुराकीका आधारमा प्रहरीले भीमदत्त नगरपालिका–१७ बाँसखेडामा रहेकाे भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी तीन लाख पाँच हजार रुपैयाँभन्दा बढी रकम बरामद गरेको जनाए । बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट दुई लाख ५८ हजार रुपैयाँ बरामद भएकाे छ । त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट २५ हजार रुपैयाँ, तास र छ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । यस्तै बेलौरीबाट २२ हजार रुपैयाँसहित आठ जना पक्राउ परेका छन् ।...

बैतडीमा २ जना मृत फेला

समाचार
धनगढी – बैतडीमा आज मङ्गलवार दुई जना मृत फेला परेका छन् । मेलौली नगरपालिका–७ ओझागाउँका ३८ वर्षीय लोकेन्द्र ओझा र डिलाशैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर मृत फेला परेका हुन् । सोमवार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनी हिँडेका ओझा आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । मेलौली नगरपालिका–७ मङ्गराउ भन्ने ठाउँमा सडकबाट तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ । ओझा अपाङ्गता भएका व्यक्ति रहेको बुझिएको छ । ओझाको मृत्युको कारण भने खुलेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक केसीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । यस्तै सोमवार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनी हिँडेका ऐर मनेकुडाकाे बाटोबाट तल मृत अवस्थामा फेला परेका हुन् । ऐरको शव आज बिहान फेला परेको हो । घटनाका विषयमा...

सोलुखुम्बुमा उडिरहेकाे हेलिकप्टरबाट सामान खसेपछी…

समाचार
धनगढी – सोलुखुम्बुमा कैलाश एअरको उडिरहेकाे हेलिकप्टरबाट सामान खसेको छ । आज मङ्गलबार दिउँसो सोलुदूधकुण्ड नगरपालिका–१ देकुमा कैलाश एअरको हेलिकप्टरमा झुन्डाएर लगेकाे प्लाइउड खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलुदूधकुण्ड–१ टाक्सिन्दु हेलिप्याडबाट खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेका लागि कार्गो सामान लिएर उडेको हेलिकप्टरबाट जङ्गलमा सामान खसेको हो । हेलिकप्टरबाट खसेको प्लाइउड झन्डै छ सय ५० किलो बराबरको रहेकाे टाक्सिन्दुका वडाध्यक्ष छोङ्बा शेर्पाले जानकारी दिए । उनका अनुसार सामान खसेको ठाउँ बस्तीबाट झन्डै दुई किलोमिटर टाढा रहेको छ । जङ्गलमा खसेका कारण मानवीय क्षति हुन नपाएको वडाध्यक्ष शेर्पाले बताए । हेलिकप्टर कम्पनीहरूको लापर्बाहीका कारण बस्तीमा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।...

मोटरसाइकलको ठक्करले पैदलयात्रुको मृत्यु

समाचार
धनगढी - नेपालगन्जमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । नेपालगञ्जको न्यूरोडमा आज दिउँसो लु ७६ प ३४४१ नम्बरको मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका नेपालगञ्ज उपमहानगरपालिका –४ गणेशपुरका ७० वर्षीय गोरखबहादुर शाहीलाई ठक्कर दिँदा मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा लगिएको र उपचारका क्रममा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार १८ वर्षीय विशाल बमले चलाएको उक्त मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका शाहीलाई ठक्कर दिएको जनाइएको छ । मोटरसाइकल र चालक बमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।...

नेपाललगायत यी २७ देशमा पनि छ टिकटक बन्द

समाचार
धनगढी - नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । यी हुन् टिकटकमा प्रतिबन्ध लगाउने २७ देश कीर्गिस्तान : कीर्गिस्तानले ३० अगस्तदेखि बालवालिकाको कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै प्रतिबन्ध । बेलायत : सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध लगाएको हो । अमेरिका : सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध । न्यूजिल्यान्ड : GCSB को सुझावमा सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसंग आवद्वता प्रतिबन्ध । क्यानडा : गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध । ताइवान : राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिब...

सुदूरपश्चिममा ६ करोड २५ लाखमा खरिद गरेका दर्जन बढी एम्बुलेन्स थन्किए

समाचार
धनगढी - सुदूरपश्चिम सरकारले खरिद गरेको एम्बुलेन्स थन्किएका छन्। प्रदेश सरकारले ६ करोड २५ लाख १२ हजारमा खरिद गरेका १६ वटा एम्बुलेन्स थन्किएका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले आधुनिक र सुविधायुक्त दाबी गर्दै आएका एम्बुलेन्स चार वर्षमा सबै थन्किएका छन्। मन्त्रालयले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताललगायत अछामका चार, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका दुई÷दुई तथा बाजुरा र डोटीमा एक÷एक गरी १६ वटा स्वास्थ्यचौकी तथा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो। २०७६ साल कार्तिक २० गते हस्तान्तरण गरिएका ६ करोड २५ लाख १२ हजारमा मूल्यका १६ एउटा एम्बुलेन्स तीन वर्षमै थन्किएका हुन्।...

नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गरौं : बालेन

समाचार
धनगढी - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको र देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको धारणा राखेका हुन् । उनले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निर्वाह गर्नुपर्ने पनि बताए । उनले आगामी वर्षसम्म नेपाल संवत राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास व्यक्त गरे । ‘नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ । प्रधानमन्त्रीज्यू पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ । अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ’, उनले...

आज मधुमेह दिवस मनाइँदै

समाचार
धनगढी – आज नेपाललगायत विश्वभर मधुमेह दिवस मनाइँदैछ । सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रूपमा मान्यता दिएको हो । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिनको अवसरमा सन् १९२२ देखि यो दिवस मनाउन थालिएको हो । मधुमेह एक नसर्ने रोग हो । सामान्यतया यस रोगलाई चिनीरोग भनेर पनि चिनिन्छ । पछिल्लो समय विश्वमा नै नसर्ने रोग मृत्युको प्रमुख कारणको रूपमा देखा पर्न थालेका छन् । अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वमा ५० करोड ३७ लाख मानिस मधुमेहबाट ग्रसित छन् । यो सङ्ख्या सन् २०३० मा ६० करोड ४३ लाख र सन् २०४५ मा हरेक आठमध्ये एक जनामा मधुमेह देखा पर्ने र त्यो सङ्ख्या बढेर ७० करोड ८३ लाख पुग्ने अनुमान गरिएको छ ।...

अछाममा ८६ हजार नगदसहित १६ जना जुवाडे पक्राउ

समाचार
धनगढी - अछाममा १६ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको ओलीगाउँ र बिनायकबाट जुवाको खालबाट नगद ८६ हजार ८९० नगदसहित उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार मंगलसेन नगरपालिका-९ बस्ने कमल रावलको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार राति १ बजे ७ जनालाई नियत्रणमा लिइएको थियो । उनीहरुबाट नगद ५० हजार ७९० रुपैयाँ बरामद गरिएको हो । पक्राउ पर्नेहरुमा घरधनी रावल सहित स्थानीय राजेन्द्र रावल, हिक्मत रावल, कमान सिंह ओड, प्रकाश रावल, केशर रावल र एकराज रावल रहेका छन् । यसैगरी अछामकै पञ्चदेवल बिनायक नगरपालिका-३ कागतोला बस्ने बल बहादुर शाहीको घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ३६ हजार एक सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । कागतोलामा पक्राउ पर्नेहरुमा घरधनी शाही सहित कृष्णभक्त ज...

डडेल्धुरामा लागूऔषधसहित एक जना पक्राउ

समाचार
डडेल्धुरा - डडेल्धुरामा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालका-४ बस्ने ३५ वर्षीय सुरेश सिलाधर रहेको प्रहरीले जनाएको हो । उनको साथबाट २ सय ग्राम चरेस जस्तो देखिने कालो पर्दाथ बरामद गरिएको जनाएको छ । जिल्लाको अमरगढी नगरपालिका-२ मौरोडा कच्ची सडक नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताए ।...

डडेल्धुरामा नगदसहित ११ जना जुवाडे पक्राउ

समाचार
डडेल्धुरा - डडेल्धुरामा नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन्। गएराति अमरगढी नगरपालिका-१ मौरोडास्थित धर्मराज जोशीको जस्ता पाताले छाएको बाँझो कच्ची घरबाट जुवाडे पक्राउ परेका हुन्। रूपैया पैसाको हारजित हुने गरी केही व्यक्तीहरू जुवा तास खेली रहेका छन भन्ने बिशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका-१ मौरडा बस्ने ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका छन्। त्यस्तै सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर, २६ वर्षीय दिपक बिक, ४० वर्षीय सुरेश भट्ट, अमरगढी २ बस्ने ३४ वर्षीय दिनेशराज भट्ट र ३४ वर्षीय दिपक भण्डारी रहेका छन्। उनीहरूको साथबाट रातो बुट्टेदार बिछौना १ थानसहित २१ हजार ...

तिहारको चौथो दिन : आज गोवर्द्धन पूजा

समाचार
डडेल्धुरा - तिहार अन्तर्गत आज गाेवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गाेवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गाेवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गाेवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धार्मिक विश्वास छ । भगवान विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो । यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज