
डडेल्धुरा – डडेल्धुरामा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अमरगढी नगरपालका-४ बस्ने ३५ वर्षीय सुरेश सिलाधर रहेको प्रहरीले जनाएको हो ।
उनको साथबाट २ सय ग्राम चरेस जस्तो देखिने कालो पर्दाथ बरामद गरिएको जनाएको छ ।
जिल्लाको अमरगढी नगरपालिका-२ मौरोडा कच्ची सडक नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताए ।

