खोलाले गाउँनै कटान गर्न थालेपछि कैलाली मोहन्यालका जनप्रतिनिधि र जनता श्रमदानमा जुटे
कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा पर्ने ठुलिगाडले दिन प्रतिदिन खिमडी गाउँ कटान गर्दै पुरै गाउँ र सरकारी भवन जोखिममा परेपछी आज देखि श्रमदानबाट नदिकाे क्षेति नियन्त्रणको लागि गाउँपालिका अध्यक्ष लगायत अन्य जनप्रतिनिधी सङ्गै जनताहरू तटबन्धनमा सहभागी भएका छन्।
स्वस्फुर्त रुपमा श्रमदानमा सहभागी सम्पुर्णमा धन्यवाद दिदै अध्यक्ष हिम शिखरले भने: समाजलाई सकारात्मक दिशातर्फ परिवर्तन गर्नु पनि विकास हो जहाँ समस्या हुन्छ प्रयास गरे समाधान त्यहीँ हुन्छ भन्ने अब प्रमाणित हुनेछ। मैले ठुलिगाड नदिले कटान गरेको खिमडि क्षेत्रमा जसरी नि तटबन्ध गर्नुपर्छ भनेर निरन्तर लागि परेर जनता समक्ष यो कुरा राखेकाे थिए।त्यतिबेला खिमडि बासी आम जनताले बिस्वास गर्नुभयो र यो गाउँ बचाउनको लागि एकजुट भएर साथ दिनुभयो त्यसमा सबैलाई हृदयदेखि कृतज्ञता प्रकट गर्दछु । मैले यस विषयमा सम्वेदनशिल भएर यस क्षेत्रमा ठुलिगाडले वर्...




