राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा बझाङका संसार खड्का निर्विरोध चयन
बझाङ,
राष्ट्रिय युवा संघ नेपालको हालै पाेखरामा सम्पन्न १०औं महाधिवेशनबाट बझाङका युवा नेता संसार खड्का केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन्
। अन्य दावी नपरेपछि उनी सहज रूपमा केन्द्रीय तहमा प्रवेश पाउन सफल भएका हुन् ।
राष्ट्रिय युवा संघ नेपालजस्तो देशभर सशक्त संरचना भएको युवा संगठनको नेतृत्व तहमा बझाङबाट प्रतिनिधित्व हुनु जिल्लाका लागि गौरवको विषय भएको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन्।
खड्का मात्र नभई बझाङका मंगल थापा र सविता खड्का पनि यसपटक केन्द्रीय सदस्यमा चयन भएका छन् ।
तीनै जनाको नेतृत्वमा बझाङको युवा आवाज अब राष्ट्रिय मञ्चमा अझ सशक्त रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।
नेतृत्वमा पुगेपछि बझाङका युवाको क्षमता र समस्या राष्ट्रिय एजेन्डामा लैजाने प्रतिवद्धता खड्काले जनाएका छन् ।
संगठनलाई सशक्त बनाउँदै बझाङको विकासका सवालहरू युवा नेतृत्वको प्राथमिकतामा रहने खड्का...











